Successfully Copied

एउटै मञ्चमा २० बेहुली

इटहरीमा २० जना बेहुली एकसाथ मञ्चमा उत्रिँदा धेरै आश्चर्यचकित भए । प्रायःजसो एकमात्र बेहुली देखिरहेका दर्शकहरूलाई यति धेरै बेहुली एकसाथ देख्दा अचम्म नलाग्ने कुरै थिएन । यो दृश्य थियो प्रदेश नम्बर १ स्तरीय बेहुली मेकअप प्रतियोगिताको । केही क्षणमा विजेताको नाम घोषणा गरियो ।

इटहरीमा २० जना बेहुली एकसाथ मञ्चमा उत्रिँदा धेरै आश्चर्यचकित भए । प्रायःजसो एकमात्र बेहुली देखिरहेका दर्शकहरूलाई यति धेरै बेहुली एकसाथ देख्दा अचम्म नलाग्ने कुरै थिएन । यो दृश्य थियो प्रदेश नम्बर १ स्तरीय बेहुली मेकअप प्रतियोगिताको । केही क्षणमा विजेताको नाम घोषणा गरियो । प्रतियोगितामा रुबिना श्रेष्ठ उपाधि जित्न सफल भइन् । सहभागी २० जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन् ।

उक्त अवसरमा पूजा लिम्बू दोस्रो तथा नानीमा राई तेस्रो भए । यो प्रतिस्पर्धा पेस्को मेकअफ स्टुडियो तथा सिर्जना ब्युटिपार्लरले संयुक्त रूपमा आयोजना गरेका थिए । 

नरेन्द्र बस्नेत

 Image