मनोजको सफलता

नारी संवाददाता

भाद्र १८, २०७६  

हालै थाइल्याण्डको चियाङमाई सम्पन्न मिष्टर मोडल अफ द वर्ल्ड २०१९ नामक अन्तर्राष्ट्रिय मोडल प्रतियोगितामा नेपालका तर्फबाट सहभागिता जनाएका मनोज कुमार गुरुङले वेष्ट वाक विधाको अवार्ड जित्न सफल भएका छन् । 

मनोज किङस्टार क्रिएसनले राजधानी शहरमा संचालन गरेको मिष्टर एण्ड मिस आइकन वर्ल्ड नेपाल २०१९ मा मिष्टर मोडल अफ द वर्ल्ड नेपाल २०१९ उपाधि विजेता हुन् । 

मिष्टर मोडल अफ द वर्ल्ड २०१९ को शीर्ष उपाधी भने भारतका दिनेश चौधरीले जितेका छन् । यो प्रतियोगिताको गत वर्षको संस्करणमा नेपालका तर्फ दिक्पाल कार्कीले सहभागिता जनाएका थिए र उनी मिष्टर मोडल अफ द वर्ल्ड २०१८ विजेता बनेका थिए । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>