Successfully Copied

तीजमा सौभाग्य

तीजको रमझमसँगै धागोको महत्व पनि बढ्छ । अरु बेला बिरलै देख्न पाइने धागोले तीजका दिन भने प्रायः महिलाको केशको शोभा बढाउँछ । लामो अथवा छोटो जस्तोसुकै केशमा प्रयोग हुने धागोले पूर्णरूपमा नेपाली परम्परा तथा संस्कृतिको आभास गराउँछ । धागोमा पोते, सलमा मोती तथा सितारा जडिएको हुन्छ ।

 

धागो

तीजको रमझमसँगै धागोको महत्व पनि बढ्छ । अरु बेला बिरलै देख्न पाइने धागोले तीजका दिन भने प्रायः महिलाको केशको शोभा बढाउँछ । लामो अथवा छोटो जस्तोसुकै केशमा प्रयोग हुने धागोले पूर्णरूपमा नेपाली परम्परा तथा संस्कृतिको आभास गराउँछ । धागोमा पोते, सलमा मोती तथा सितारा जडिएको हुन्छ । नेपालमै बनाइने यो धागो प्रायः कालो र रातो रङको हुन्छ । धागो १ सय रुपैयाँ देखि ५ सयसम्ममा खरिद गर्न सकिन्छ ।

टीका

सौभाग्यको प्रतीक टीकाले नारी सौन्दर्यलाई उजागर गर्छ । दुई आँखीभौंका बीचमा लगाइने टीकालाई महिलाको तेस्रो आँखा मानिन्छ । यसलेसुख–शान्ति एवं समृद्धिको संकेत दिन्छ । परम्परागत रूपमा टीका रातो अथवा कलेजी रङमा प्रयोग गरिन्थो, तर अहिले टीकाका सयौं रंग, डिजाइन तथा आकार बजारमा उपलब्ध छन् । टीकामा स्टोन राखिएको डिजाइन विशेषतः तीजका बेला बढी रुचाइन्छ । 

चुरा

चुरालाई नेपाली नारीको मौलिक पहिचान र शुभमंगलका साथै नारी सौन्दर्य प्रवर्द्धक मानिन्छ । तीजका बेला दर खान जाने ठाउँमा र दर खान बोलाउँदा अन्य सामग्रीका साथ चुरा पनि उपहार दिने चलन छ । नेपाली बजारमा भएका चुरा भारत, पाकिस्तान, बंगलादेश आदिबाट आयात हुन्छन् । पहिले बढी मात्रामा काँचको चुरा प्रयोग हुन्थ्यो भने अहिले लाख, मेटल, रबर, सीप, प्लास्टिक, टेराकोटा, माटो आदिका चुरासमेत बजारमा उपलब्ध छन् ।

पहिले रेसमका सादा चुरा सबैको रोजाइमा पर्थे तर अहिले वर्क गरिएका चुरा धेरैको रुचिमा पर्छन् । अहिले फेसनेबल चुराको माग पनि बढ्दो छ । हरियो र रातो रङमा उपलब्ध मेटल बेस चुरा हेर्दा निकै आकर्षक देखिन्छन् । बजारमा मोति भरिएका चुरा समेत किन्न सकिन्छ । साधारणतया ः चुरा दर्जनको ५० रुपैयाँदेखि ६–७ सयको हाराहारीसम्ममा पाइन्छ ।

 

 Image