Successfully Copied

चार देशले नियन्त्रणमा ल्याए हेपाटाइटिस बी 

नेपाललगायत ४ देशले हेपाटाइटिस बी नियन्त्रणमा ल्याएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपाल, बंगलादेश, भूटान तथा थाइल्यान्ड दक्षिण पूर्वी एसिया क्षेत्रमा हेपाटाइटिस बी नियन्त्रण गर्ने पहिलो मुलुक भएका छन् । हेपाटाइटिस बी पाँच वर्षका बालबालिकामा १ प्रतिशतभन्दा कममा परिणत गरेर नियन्त्रणमा ल्याइएको दाबी संगठनको छ ।

नेपाललगायत ४ देशले हेपाटाइटिस बी नियन्त्रणमा ल्याएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपाल, बंगलादेश, भूटान तथा थाइल्यान्ड दक्षिण पूर्वी एसिया क्षेत्रमा हेपाटाइटिस बी नियन्त्रण गर्ने पहिलो मुलुक भएका छन् । 

हेपाटाइटिस बी पाँच वर्षका बालबालिकामा १ प्रतिशतभन्दा कममा परिणत गरेर नियन्त्रणमा ल्याइएको दाबी संगठनको छ । यो ज्यानै लिने रोग हो । हेपाटाइटिसको खोप प्रत्येक ठाउँ तथा समयमै सबै बालबालिकामा पुर्‍याउने अठोटले यो उपलब्धि सम्भव भएको संगठनले जनाएको छ ।

हेपाटाइटिस बी नियन्त्रण भए–नभएको जाँच गर्न यी चारै देशमा विज्ञहरूको समूहले बालबालिकामा खोपको तथ्यांक हेरेका थिए । तथ्यांकअनुसार जन्मिएदेखि १ वर्षसम्म हेपाटाइटिस बीको खोपको डोज ९० प्रतिशतभन्दा बढीमा पहुँच पुगेको देखियो ।

दक्षिण पूर्वी एसियाका ११ देशमा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत यो खोपको ३ डोज दिइन्छ । यसले डरलाग्दो संक्रमणबाट जोगाउनुका साथै कलेजोको क्यान्सर तथा सिरोसिसको जोखिम पनि घटाउँछ । 

 Image