Successfully Copied

तीजको दरमा पुलाउ र चुकाउनी

१५ मिनेटजति चामल भिजाउने । सानो आँचमा घिउ तताई चामल भुट्ने । पानी तताएर नुन, चिनी, सुकमेल, ल्वाङ, काजु, किसमिस तथा दालचिनी हालेर उमाल्ने अनि उक्त पानीमा भुटेको चामल हाली बिस्तारै पकाउने । पानीसँगै फुड कलरलाई पनि सबैतिर पर्ने गरी हाल्ने । पाकेपछि आफूलाई मन पर्ने ड्राइ

कलरफुल पुलाउ

सामग्री : चामल आधा किलो, घिउ १ चम्चा, सुकमेल, दालचिनी, काजु तथा ल्वाङ स्वादअनुसार, फुड कलर थोरै । 

विधि : १५ मिनेटजति चामल भिजाउने । सानो आँचमा घिउ तताई चामल भुट्ने । पानी तताएर नुन, चिनी, सुकमेल, ल्वाङ, काजु, किसमिस तथा दालचिनी हालेर उमाल्ने अनि उक्त पानीमा भुटेको चामल हाली बिस्तारै पकाउने । पानीसँगै फुड कलरलाई पनि सबैतिर पर्ने गरी हाल्ने । पाकेपछि आफूलाई मन पर्ने ड्राइ फ्रुट छर्केर सर्भ गर्ने ।

पाल्पाली चुकाउनी

सामग्री : आलु १ किलो, अमिलो दही १ लिटर, तोरीको दाना १ सय ग्राम, नुन स्वादअनुसार, बेसार, टिम्मुर, मेथी तथा धनियाँ पत्ता स्वादअनुसार, प्याज २ वटा, हरियो खुर्सानी ३–४ वटा ।

विधि : आलु ऊसिनेर बोक्रा निकाली स–साना टुत्रा बनाउने । तोरीलाई मसिनो गरी सिलौटामा पिस्ने अनि दहीमा मिसाउने । आलुका टुक्रा पनि दहीमा मिसाउने । तोरीको तेल तताउने र मेथी, बेसार तथा खुर्सानी एकैपटक हालेर फुराउने अनि झान्ने । त्यसपछि टिम्मुर र काटेको धनियाँ मिसाइदिने । यो अचार स्वाद र स्वास्थ्यका दृष्टिले उत्तम हुन्छ ।

चिचिन्डो करी

सामग्री : चिचिन्डो आधा किलो, दूध एक कप, आवश्यकताअनुसार जिरा तथा खुर्सानीको धूलो, नुन स्वादअनुसार, मेथी थोरै, तेल एक चम्चा ।

विधि : चिचिन्डोको बोक्रा ताछेर भित्रको गुदी फाल्ने । तेलमा मेथी फुराएर काटेको चिचिन्डोमा जिरा, नुन तथा खुर्सानीको धूलो हाली चलाउँदै पकाउने । तेल निस्कने बेलासम्म पकाउने । तेल निस्किएपछि त्यसमा दूध हालेर एकछिन पकाउने ।

 Image