Successfully Copied

तीजको  सोर्‍ह शृंगार

 विवाहित महिलाको प्रमुख शृंगार प्रसाधन हो–सिन्दूर । रातो रंगलाई अटल सौभाग्य, क्रान्ति, साहस, वीरता आदिको प्रतीक मानिन्छ । यसले महिलामा भगवती, पार्वती र सतीको शक्ति पैदा गर्नुका साथै श्रीमान्प्रतिको समर्पण र विश्वासमेत झल्काउने धारणा रहिआएको छ ।

सिन्दूर

 विवाहित महिलाको प्रमुख शृंगार प्रसाधन हो–सिन्दूर । रातो रंगलाई अटल सौभाग्य, क्रान्ति, साहस, वीरता आदिको प्रतीक मानिन्छ । यसले महिलामा भगवती, पार्वती र सतीको शक्ति पैदा गर्नुका साथै श्रीमान्प्रतिको समर्पण र विश्वासमेत झल्काउने धारणा रहिआएको छ । सामान्य रूपमा सिन्दूरले हरेक किसिमको कुदृष्टिबाट घरपरिवारलाई सुरक्षा दिने विश्वास नेपाली समाजमा छ ।

टीका

सौभाग्यको प्रतीक टीकाले नारी सौन्दर्यलाई उजागर गर्छ । दुई आँखीभौंका बीचमा लगाइने टीकालाई महिलाको तेस्रो आँखा पनि भनिन्छ । यसले घरपरिवारको सुख–शान्ति एवं समृद्धि बढ्ने संकेत दिन्छ । टीका विवाहित महिलाले मात्र नभएर स–साना बालबालिका अथवा युवतीहरूले पनि प्रयोग गर्छन् । उनीहरूले प्रयोग गर्ने टीकाको रंग कालो हुन्छ । कालो टीकाले नकारात्मक दृष्टिबाट जोगाउनुका साथै प्रगति पथमा डोर्‍याउने विश्वास गरिन्छ ।

पोते

पोतेलाई विवाहित महिलाको मौलिक पहिचान मानिन्छ । यसले शुभ–मंगल, सौभाग्य एवं दीर्घायुको बोध गराउने सांस्कृतिक विश्वास छ । अझ रातो तथा मोटो पोतेले त अनुहार नै उज्यालो बनाउँछ । रातो रंगलाई शक्ति तथा ऊर्जाको प्रतीक मानिन्छ । यसले व्रत बसेका बेला शरीरमा एक किसिमको ऊर्जा दिन्छ । तीजलाई लक्षित गर्दै अहिले बजारमा विभिन्न डिजाइनका पोते उपलब्ध छन् । रातो, पहेंलो, हरियो तथा गुलाबी रंगमा उपलब्ध फोतेले वातावरणलाई नै तीजमय बनाएका छन् । अहिले बजारमा साधारण एक लुङदेखि लिएर अंगुर आकार, चक्रमाला, माछीकाँडा एवं त्रिस्टलका थरीथरीका पोते भित्रिएका छन् भने आफूले लगाएको साडीसँग मेल खाने पोते लगाउने चलनसमेत छ ।

छड्के तिलहरी 

समयको गतिसँगै हरेक कुरामा परिवर्तन हुँदैछ । धेरैजसो महिला लेटेस्ट डिजाइनका गहना छाडेर पुराना डिजाइनका गहना रुचाउँदैनन् । यस्तो अवस्थामा पनि छड्के तिलहरीले आफूलाई सुरक्षित राखेको छ । तीज नजिकिँदै जाँदा हरेक महिलाको मन आस्थाका हिसाबले छड्के तिलहरीमा पुगेर अडिन्छ । छड्के तिलहरीे पुरानै डिजाइनमा आधारित छ । यसले नेपाली परम्परा र सभ्यताको परिचय दिन्छ । तिलहरीलाई विवाहित महिलाको सौभाग्यको प्रतीक मानिन्छ । तिलहरी नेपाली महिलाहरूको परिचय अथवा मौलिक गहना हो । 

चुरा

चुरालाई नेपाली नारीको मौलिक पहिचान र शुभ–मंगलका साथै नारी सौन्दर्य प्रवर्द्धनको सुन्दर प्रतीक मानिन्छ । अझ तीजले त चुराको महत्वलाई विशिष्ट तुल्याएको पाइन्छ । महिना दिनअघिदेखि दर खाने र एक–अर्कामा उपहारका साथै सुख–दुःख साटासाट गर्ने तीज एउटा रमाइलो उत्सव पनि हो । तीजका बेला दर खान जाने ठाउँमा र दर खान बोलाउँदा एक–अर्कालाई उपहार प्रदान गर्ने चलन छ । यसका लागि पोते, टीका र चुराजस्ता सौभाग्यका सामग्री सबैको रोजाइमा पर्ने गरेका छन् । त्यसका अतिरिक्त सौन्दर्य प्रसाधन वा अन्य सौन्दर्य सामग्री ऐना, काइँयो, वाफमेसिन, रोलर आदिलाई पनि आफ्नो उपहारमा सामेल गर्न गकिन्छ ।

धागो 

अरु बेला बिरलै देख्न पाइने धागोले तीजका दिन भने प्रायः महिलाको केशको शोभा बढाएको हुन्छ । लामो अथवा छोटो जस्तोसुकै केशमा प्रयोग हुने धागोले पूर्णरूपमा नेपाली परम्परा तथा संस्कृतिको झझल्को दिन्छ । केशको शोभा बनेको धागोमा सजिएर नाच्दा पूर्ण नेपालीपन झल्कन्छ ।

 

 Image