Successfully Copied

जानकी तारमी मगरका २ गीत

नेपाली लोकगायनका क्षेत्रमा अलग पहिचान बनाएकी गायिका हुन् – जानकी तारमी मगर । उनी हरेक साल तीजमा मौलिक तीज गीतका साथमा उपस्थित हुने गरेकी छिन् । यो वर्ष पनि उनको आवजमा केहि तीज गीतहरु सार्वजनिक भएका छन् । सार्वजनिक भएका तीज गीतहरु

नेपाली लोकगायनका क्षेत्रमा अलग पहिचान बनाएकी गायिका हुन् – जानकी तारमी मगर । थुप्रै लोकप्रिय लोक गीतमा आवाज भरेकी जानकी देश तथा विदेशमा हुने विभिन्न मेला महोत्सवमा पनि व्यस्त रहन्छिन् । तीज पर्व नजिकिदै गर्दा अन्य कलाकारको जस्तै तीज गीत गाउँने चटारो गायिका जानकीलाई पनि पर्छ । 

उनी हरेक साल तीजमा मौलिक तीज गीतका साथमा उपस्थित हुने गरेकी छिन् । यो वर्ष पनि उनको आवजमा केहि तीज गीतहरु सार्वजनिक भएका छन् । सार्वजनिक भएका तीज गीतहरु मध्ये उनका ‘छप्पै माया लै लै’ र ‘साउने भेल’ चर्चामा रहे । 

तीजका गीतको सिजन सुरु भएसँगै रिलिज गरिएको ‘छप्पै माया लै लै’ले राम्रो चर्चा बटुल्यो । यो गीतमा गायिका स्वयमः को शब्द तथा लय रहेको थियो । यो गीतको लेखेन, संगीत र गायनमानै गायिका जनकीलाई खेम सेन्चुरीले साथ दिएका थिए । 

गीतको सुन्दर म्यूजिक भिडियो निर्माण समेत गरेकी जानकीले यहि गीतको म्यूजिक भिडियोमा खेमसँगै कम्मर मर्काएकी छिन् । प्रकाश भट्टले निर्देशन गरेको यो गीतको म्युजिक भिडियोलाई राजेश घिमेरेले खिचेका हुन् । गीतको म्यूजिक भिडियो विष्णु शर्माले सम्पादन गरेका छन् । 

 

छप्पै माया लै लैको म्यूजिक भिडियो :

यस्तै, यसै वर्ष सार्वजनिक भएर चर्चामा रहेको उनको अर्को गीत हो– ‘साउने भेल’ । यो गीतमा पनि शब्द, लय तथा स्वर गायिका जानकीकै रहेको छ । साउने झरीमा संगीत संयोजन कृष्ण भान्जाले गरेका हुन् । 

यो गीतको पनि म्यूजिक भिडियो निर्माण गरिएको छ ।

दुर्गा पौडेलले निर्देशन गरेको गीतको म्यूजिक भिडियोलाई नविन गिरीले सम्पादन गरेका छन् । यो गीतको म्यूजिक भिडियोमा पनि गायिका स्वयमः ले अभिनय गरेकी छिन् । गायिका जानकीलाई जानकी सिंखडा, भगवती सिंखडा भट्ट र पिर्ती तामाङले अभिनयमा साथ दिएका छन् । 

 

साउने झरीको म्यूजिक भिडियो :

 

 Image