विषाक्त खाद्यले घरपालुवालाई समस्या
चकलेटमा ‘थियोब्रामाइन’ नामक पदार्थ हुन्छ, जुन कुकुरले मानिसले जस्तै सजिलै मेटोबोलाइज गर्न सक्दैनन् । यसले कुकुरको मुटु, रक्तनली, फोक्सो र केन्द्रीय प्रणालीलाई नै असर गर्छ र छारे रोगको जस्तो लक्षण देखाउँछ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तिलगंगा आँखा प्रतिष्ठानलाई आफ्नो समन्वय केन्द्रका रूपमा मान्यता दिएको छ । आँखाको स्वास्थ्य सेवा, लेन्सको उत्पादन एवं अनुसन्धानका क्षेत्रमा उल्लेख्य योगदान पुर्याएकाले अस्पताललाई आफ्नो समन्वय केन्द्रका रूपमा मान्यता दिइएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
प्रतिष्ठानकी कार्यकारी अधिकृत प्रा.डा.रीता गुरुङलाई डब्लुएचओका देशीय प्रतिनिधि डा. जोस भेन्डरलेरले डब्लुएचओ समन्वय केन्द्रको मान्यता प्राप्त गरेको प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा. सन्दुक रुइतले आँखा अस्पतालले हालसम्म ६० लाख आँखा रोगीको उपचार तथा ४ लाख बढीको आँखाको शल्यक्रिया गरेको बताए ।