एक्लै हिड्न अनुमति

नारी संवाददाता

भाद्र ३, २०७६  

२१ वर्ष पुगेका साउदी युवतीहरूले राहदानीका लागि आवेदन दिन र एक्लै विदेश घुम्न पाउने भएका छन् । यसअघि साउदी अरेबियाका महिलाहरूले राहदानी प्राप्त गर्न र विदेश यात्रामा निस्कन श्रीमान्, पिता वा पुरुष नातेदारबाट अनुमति लिनुपर्थ्यो । 

साउदी अरेबियामा महिलाहरूले जन्म, विवाह र सम्बन्धविच्छेद आदि व्यक्तिगत घटनासमेत दर्ता गर्न सक्नेछन् । साउदी अरेबियामा रोजगारीसम्बन्धी नियमहरूमा समेत परिवर्तन गरिएको छ जसअनुसार लिङ्ग, अशक्तता वा उमेरका आधारमा विभेद नगरी काम गर्न सक्ने अधिकार सबै नागरिकसँग सुरक्षित रहेको बताइएको छ । 

युवराज मोहम्मद बिन सलमानले आफ्नो मुलुकमा विद्यमान अनेकौं प्रतिबन्ध फुकुवा गर्दै गएका छन् । सन् २०१६ मा अफ्नो मुलुकको अर्थतन्त्र रूपान्तरण गर्ने भन्दै युवराजले जारी गरेको योजनाअनुरूप रोजगारीका क्षेत्रमा हाल २२ प्रतिशत रहेको महिलाहरूको संख्या सन् २०३० सम्ममा ३० प्रतिशत पुर्‍याइने बताइएको छ ।     

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

?>