Successfully Copied

सासूको स्थानबाट बुहारीले र बुहारीको स्थानबाट सासूले हेर्नु पर्छ

सासूको स्थानबाट बुहारीले र बुहारीको स्थानबाट सासूले हेर्ने हो भने ५० प्रतिशत समस्या समाधान हुने प्रीति बताउँछिन् । मन भने आपसी संवाद र समझदारीसँगै सही विश्लेषण गर्न सक्ने क्षमता भए यो सम्बन्ध सुमधुर हुने बताउँछिन् । दाहाल भन्छिन्–‘ऊ डाक्टर नै भए पनि मेरा लागि सन्तान

मन दाहाल, अधिवत्ता, समाजशास्त्री तथा सामाजिक अभियन्ता

ईम.प्रीति बिष्ट, क्लिनिकल इम्ब्रायोलोजिस्ट

सासूलाई विवाहअघि नै चिनिसकेकीले खासै परिवर्तन महसुस भएन इम. प्रीति विष्टलाई यद्यपि बुहारी भएर घर भित्रिएपछि नयाँ वातावरण र सदस्यहरूका कारण थोरै फरक भने महसुस भयो । दुई छोराकी आमा मन दाहाललाई छोरीको ठूलो रहर थियो । जब जेठी बुहारीका रूपमा प्रीति आइन् उनले आफ्नो मन खोल्ने ठाउँ पाइन् । उनीहरू निर्धक्क मनका कुरा साटासाट गर्छन् ।

मन भन्छिन्–‘प्रीति घर भित्रिसकेपछि छोराको कतिपय व्यवहारमा सकारात्मक परिवर्तन पाएँ । जुन कुरा पहिले मबाट सम्भव भएन त्यसकारण पनि उनी मेरा लागि बेस्ट भइन् ।’ श्रीमान्को घर आइसकेपछि बाध्यताले भन्दा पनि कतिपय कुरा जिम्मेवारीले थिच्दोरहेछ भन्ने लाग्छ प्रीतिलाई ।

‘ममी बौद्धिक, क्षमतावान्, सशक्त तथा परिपक्व हुनुहुन्छ । उहाँलाई हेरेर दिनहुँ नयाँ–नयाँ कुरा सिक्दैछु । आँट र धैर्य मैले उहाँबाटै सिकेकी हुँ ।’ प्रीतिलाई लाग्छ अहिलेको पुस्ता धारणासँग डराउँछ । सिरियलमा सासूको एक किसिमको चरित्र देखाइएको हुन्छ अनि युवामा सासू भनेका यस्तै हुने होलान् भन्ने धारणा गढेर बस्छ तर यथार्थ फरक हुँदो रहेछ भन्ने उनको अनुभवले बताउँछ ।

सासूको स्थानबाट बुहारीले र बुहारीको स्थानबाट सासूले हेर्ने हो भने ५० प्रतिशत समस्या समाधान हुने प्रीति बताउँछिन् । मन भने आपसी संवाद र समझदारीसँगै सही विश्लेषण गर्न सक्ने क्षमता भए यो सम्बन्ध सुमधुर हुने बताउँछिन् । दाहाल भन्छिन्–‘ऊ डाक्टर नै भए पनि मेरा लागि सन्तान हो केटाकेटी नै छ । जीवन संघर्ष हो, उतार–चढाव आइरहन्छ, भन्ने कुरा उसले बुझ्नुपर्छ ।

यी सबै परिस्थितिलाई सम्हाल्न सक्ने क्षमता विकास गर्नुपर्छ उसले आफूमा ।’ छोरा नभएको परिवारमा ५ जना दिदीबहिनीबीच हुर्किएकी मनले छोराछोरीमा विभेद अनुभव गर्नु परेन । स्वतन्त्र हुर्काइमा बाँच्दै आएकी मन बुहारीलाई पनि फ्रिडम इन्जोयमा कुनै अप्ठ्यारो नहोस् भन्ने सोच्छिन् । यद्यपि उनलाई आफ्ना अगाडि जे–जस्तो लाए–खाए पनि आफन्त तथा समाजका अगाडि भने सामाजिक संस्कारको सम्मान गरिदिए हुन्थ्यो भन्ने लाग्छ ।  

सासूका सम्बन्धमा प्रीति

रेगुलर औषधि : थाइरोनोम ।

भगवान् : शिवजी र सूर्य ।

नजिकका मान्छे : छोराहरू ।

कलर : डिसेन्ट कलरहरू ।

रुचि : अध्ययन एवं भ्रमण ।

लत : फुडलभर । 

मनपर्छ : उहाँको परिणाममुखी कार्यशैली ।

सुधार्नुफर्ने : कामको क्रेडिट नलिने बानी ।

प्रीतिका सम्बन्धमा मन

खाना : खीर ।

ब्यागमा : ल्यापटप, टिफिन तथा पुस्तक ।

खुसी : ममतामयी स्वभाव

भगवान् : अरूका लागि काम गर्दा ।

बलियो पक्ष : आत्मविश्वासी ।

 

 

 Image