Successfully Copied

सेतो दुबी 

सेतो दुबी शरीरको चलिरहने अंगमा देखा पर्छ । यो आँखा, ओठ, कम्मर, कुहिना एवं घुँडामा देखिन सक्छ । यो अरूलाई सर्दैन तर आफ्नै शरीरमा भने फैलन सक्छ । सेतो दुबी हुनेले चोटपटक लाग्ने काम गर्नुहुँदैन । टाइट पहिरन तथा जुत्ता लगाउनु हुँदैन । दिउँसोको चर्को घाममा बस्नुहुँदैन । मद्यपान

सेतो दुबी छालामा हुने समस्या हो । यो शरीरमा छालालाई रंग दिने कोषको कमीका कारण देखा पर्छ । छाला रोग विशेषज्ञ धर्मेन्द्र कर्णका अनुसार यो समस्या जुनसुकै उमेरका व्यक्तिमा देखापर्न सक्छ । कुनै पनि मानिसको छालामा रंगको समस्या बढी वा कम हुनसक्छ । बढी भए कालो दाग तथा कम भए सेतो दाग आउँछ र त्यसैलाई सेतो दुबी भनिन्छ । यो कुनै रोग होइन । यसमा दुख्ने तथा पोल्ने हुँदैन । सेतो दुबी १० देखि ३० प्रतिशत वंशानुगत हुन्छ । संसारमा ० दशमलव ५ देखि २ प्रतिशत मानिसमा सेतो दुबी छ । नेपालमा भने यस्तो समस्या बढ्दो छ । 

सेतो दुबी शरीरको चलिरहने अंगमा देखा पर्छ । यो आँखा, ओठ, कम्मर, कुहिना एवं घुँडामा देखिन सक्छ । यो अरूलाई सर्दैन तर आफ्नै शरीरमा भने फैलन सक्छ । सेतो दुबी हुनेले चोटपटक लाग्ने काम गर्नुहुँदैन । टाइट पहिरन तथा जुत्ता लगाउनु हुँदैन । दिउँसोको चर्को घाममा बस्नुहुँदैन । मद्यपान तथा धूम्रपान गर्नुहुँदैन भने अन्य खानेकुरा चाहिँ खान सकिन्छ ।

यसको उपचार खाने, लगाउने र घाममा देखाउने तथा मेसिनमा सेक्ने हुन्छ । मेसिनमा सेक्ने उपचार विधिलाई फोटोथेरापी भनिन्छ । यो प्रविधि सुरक्षित छ । यो गर्भवती महिला तथा शिशुलाई समेत दिन मिल्छ । यो प्रविधिबाट पनि दुबी निको नभए शल्यक्रियाको आवश्यकता पर्न सक्छ । 

 Image