लोकदेखि सुगमहुँदै चलचित्रका गीतमा समेत सफलता हासिल गरिसकेकी उनै गायिका बिन्दु परियार यतिबेला आफ्नो बिल्कुलै नयाँ गीतको म्युजिक भिडियोमार्फत दर्शक तथा स्रोतामाझ आएकी छिन् । म्युजिक भिडियोमा गायिका परियारले लोकप्रिय अभिनेत्री प्रियंका कार्कीको साथ पाएकी छिन् ।
चलचित्र ‘मंगलम’ को ‘पर्ख पर्ख मायालु...’ गीतको लोकप्रियतासँगै गायिका बिन्दु परियार पार्श्व गायिकाको रुपमा लोकप्रिय भइन् । चलचित्र ‘छक्क पञ्जा–३’ को ‘पहिलो नम्बरमा...’ गीतको लोकप्रियताले उनलाई पार्श्व गायिकाको रुपमा स्थापित नै गरायो । त्यसो त गायिका परियारले केही महिनाअघि सार्वजनिक गरेको यूगल गीत ‘घरबार’ ले पनि दर्शक तथा स्रोताको मन जितेको थियो ।
लोकदेखि सुगमहुँदै चलचित्रका गीतमा समेत सफलता हासिल गरिसकेकी उनै गायिका बिन्दु परियार यतिबेला आफ्नो बिल्कुलै नयाँ गीतको म्युजिक भिडियोमार्फत दर्शक तथा स्रोतामाझ आएकी छिन् ।
आफ्नै आधिकारिक यूट्युब च्यानलमार्फत गायिका परियारले ‘म के गरौं...’ शीर्षकको यूगल गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् । एकनारायण भण्डारीको शब्दको उक्त गीतमा आशिष अविरलको संगीत निर्देशन छ ।
म्युजिक भिडियोमा गायिका परियारले लोकप्रिय अभिनेत्री प्रियंका कार्कीको साथ पाएकी छिन् । भिडियोमा अभिनेत्री कार्कीलाई भिमफेदी गाईजका कलाकारहरुले साथ दिएका छन् । उक्त भिडियोलाई भिमफेदी गाईजले नै कोरियोग्राफी गरेको हो । धीरज जंग शाहद्वारा छायांकन गरिएको उक्त भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् भने निशान घिमिरेले यसलाई सम्पादन गरेका हुन् ।
बैतडीमा जन्मिएका दिव्यदेव पन्तले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्य र पत्रकारितामा स्नातक गरेका छन् । करिब ३० वटा नाटक, ८ वटा ठूलोपर्दाका चलचित्र र करिब दुई हजार भोइस–ओभर गरिसकेका दिव्यदेव पोयट आइडल र हाल प्रसारण भइरहेको सिजन–दुईका प्रस्तोता हुन् ।