सशक्त तोसिमा
संसदीय निर्वाचन–०७९ मा एउटा चर्चित नाम हो–डा. तोसिमा कार्की । ललितपुर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उनी ३१ हजार १३६ मत ल्याई विजय भएकी हुन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्यापकबाट राजीनामा दिई उनी राजनीतिमा आएकी हुन् ।
चित्रकार मीना डंगोलको एउटा अनोठौ स्वभाव छ । हुन त उनको यो स्वभाव उनका स्वर्गीय बुवा पन्छीविद् हीरालाल डंगोलबाट उनमा सरेको हो । दुई वर्षअघि दिवंगत भएका हीरालाल त्यस्ता चित्रकार थिए, जो जंगलमै बसेर चराचुरुङ्गीहरू नियाल्दै उनीहरूका तस्बिर क्यानभासमा उतार्थे । चित्रकार डंगोलले बुवाकै कला पछ्याउँदै चित्रकला थालिन्, तर उनले रोजिन लाटोकोसेरोलाई ।
ऊक्त चरा सधैं आत्रामक देखिने भएकाले आफूले त्यही चरालाई चित्रकलाको मुख्य विषय बनाएको डंगोलको भनाइ छ । गत शनिवार काठमाडौंमा आयोजित आफ्नो पहिलो एकल चित्रकला प्रदर्शनीमा कलाकार डंगोलले चरा चुरुङ्गीका झण्डै तीन दर्जन चित्र समावेश गरिन्, जसमा आधाभन्दा बढी चित्र लाटोकोसेरोकै थिए ।