Successfully Copied

खानेकुराको ध्यान राखौं 

वर्षा मौसममा पानीमा भिजेर काम गर्नेहरूको शरीर पानीका कारण सुन्निने भएकाले खरबुजा, तरबुजाजस्ता पानी धेरै भएका फलफूल कम मात्रामा सेवन गर्नुपर्छ । 

    वर्षा मौसममा पानीमा भिजेर काम गर्नेहरूको शरीर पानीका कारण सुन्निने भएकाले खरबुजा, तरबुजाजस्ता पानी धेरै भएका फलफूल कम मात्रामा सेवन गर्नुपर्छ । 

    वर्षा मौसममा मौसमी फलफूल आँप–केरा आदि खानुपर्छ । 

    यतिबेला पानीको मुहान फोहोर हुने भएकाले पानी दूषित हुन्छ । त्यसैले पानी उमालेर फिल्टर गरेपछि मात्र पिउनुपर्छ । 

    छिनमै पानी पर्ने छिनमै घाम लाग्ने भएकाले कीटाणुको वृद्धि तीव्र गतिमा हुन्छ । बाहिर खुला राखिएका खानेकुरा भन्दा तात्तातो खानेकुरा खानुपर्छ । 

    सलाद तथा फलफूल सफा पानी तथा आयोडिन पानीले धोएर मात्र खानुपर्छ । यस्ता खानेकुरा बोक्रा ताछेर खानुपर्छ । 

    सन्तुलित आहार खानुपर्छ । गेडागुडीको सुप नुन ठिक्क मात्रामा राखेर खान सकिन्छ । यतिबेला लसुन तथा अदुवाको प्रयोग प्रभावकारी हुन्छ । 

    खाना नपचे ज्वानो तथा बिरेनुन खान सकिन्छ । ज्वानोबाट क्याल्सियम प्राप्त हुन्छ । 

    बालबालिकालाई घरबाट टिफिन पठाउने हो भने लामो समयसम्म टिक्ने सुख्खा खानेकुरा पठाउनु उपयुक्त हुन्छ । 

यो मौसममा दही पनि खान सकिन्छ ।

 

 Image