Successfully Copied

अमेरिकामा संस्कृति सिक्दै नेपाली बालबालिका

भाषा र संस्कृति सिक्न आउने बालबालिकाहरु अधिकांश यतै जन्मेका र सानैमा अभिभावकसंग अमेरिका प्रवेश गरेकाहरु नै अधिक छन । उनिहरुले राम्रो संग नेपाली भाषा बोल्न सक्दैनन् ।  नेपाली पर्यटन तथा जानकारीमुलक वृत्तचित्र समेत बालबालिकालाई देखाईने गरिएको छ । नेपाली चार्डपर्व, नेपाली खाना देखि

अमेरिकामा हरेक वर्ष गर्मि महिना सुरु भएपछि दुई  महिना विद्यालय विदा हुन्छ । यो समयमा अमेरिकामा रहेका नेपाली बालबालिकाहरु घुमघाम गर्ने देखि प्रतिभा प्रस्फुटन तथा विभिन्न संस्कृति सिक्ने अभियानमा सरिक हुदै आएका छन् । 

यस वर्ष पनि  नेपाली समाज टेक्सस तथा नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको आयोजनामा  अर्भिङ स्थित नेपाली मन्दिरमा यहाँका बालबालिकाहरु का लागी समर क्याम्प नै संचालन गरेको छ । यहाँ नेपाली संस्कार, संस्कृति, सभ्यता, अध्यात्मका साथै  धर्म र पुर्विय दर्शनका बारेमा जानकारी गराई रहेको छ ।  बालबालिकालाई  नेपालबाट आएका  डा चिन्तामणि योगीले प्रमुख प्रशिक्षकको रुपमा प्रशिक्षण दिइरहेका छन् । 

गत साता देखि सुरु भएको यो सांस्कृतिक क्याम्पमा  टेक्ससको ड्यालस, फोर्थओर्थ लगायत विभिन्न सहरमा बसोबास गर्ने झन्डै १ सय ५० जना नेपाली बालबालिका रहेको नेपाल सांस्कृतिक तथा आध्यात्मिक केन्द्र टेक्ससका अध्यक्ष  सुरेश पोखरेलले जानकारी दिए । उनका अनुसार बालबालिकालाई भाषा, संस्कृति देखि विभिन्न मनोरजनात्मक गतिविधीमा   सरिक गराउदै  आइएको  छ । 

केजी देखि कक्षा ९ सम्म अध्ययन गर्ने बालिका यस्ता रमाईला गतिविधीमा सामेल देखिन्छन् । ‘यो लामो विदाईमा बालबालिकाले केही नया कुरा सिक्न र एक आपसमा मित्रता बढाउन ‘समर क्याम्प’ले सघाउ पुर्‍याएको आयोजकले जनाएकाछन् । यतै जन्मेर नेपाली जान्दै नजान्नेलाई नेपाली समाजले नेपाली भाषा सिकाउने पहल गदै आएको छ । 

तीन महिनाको छुट्टी यहाँका बालबालिकाले केही नया कुरा सिक्ने अवसरको रुपमा सदुपयोग गदै आएका छन् ।  भाषा र संस्कृति सिक्न आउने बालबालिकाहरु अधिकांश यतै जन्मेका र सानैमा अभिभावकसंग अमेरिका प्रवेश गरेकाहरु नै अधिक छन । उनिहरुले राम्रो संग नेपाली भाषा बोल्न सक्दैनन् ।  नेपाली पर्यटन तथा जानकारीमुलक वृत्तचित्र समेत बालबालिकालाई देखाईने गरिएको छ । नेपाली चार्डपर्व, नेपाली खाना देखि संस्कार पनि  क्याम्पमा सिकाईन्छ ।

                                                             

 Image