Successfully Copied

सहज जीवन यापनका लागि एड्भान्स सिलाइ कटाई 

महिला लक्षित एक हप्ते सिलाई कटाई तालिम एक कार्यक्रम वीच आइतवार समापन भएको छ ।  काठमाडौं महानगरपालिकाको सहयोगमा एस.एस. सिलाई केन्द्रले असार २२ गते देखि २९ गतेसम्म सञ्चालन गरेको सिलाई कटाइ तालिम आईतबार समापन गरिएको हो । कार्यक्रममा तालिममा सहभागी १२ जना महिलालाई प्रमाणपत्र

महिला लक्षित एक हप्ते सिलाई कटाई तालिम एक कार्यक्रम वीच आइतवार समापन भएको छ । 

काठमाडौं महानगरपालिकाको सहयोगमा एस.एस. सिलाई केन्द्रले असार २२ गते देखि २९ गतेसम्म सञ्चालन गरेको सिलाई कटाइ तालिम आईतबार समापन गरिएको हो । कार्यक्रममा तालिममा सहभागी १२ जना महिलालाई प्रमाणपत्र  बितरण गरियो । 

 

समाफन कार्यक्रममा बोल्दै कार्यत्रमका प्रमुख अतिथि महानगरपालिका सामाजिक बिकास प्रमुख सनक कुमार थापाले आफ्नो सिप क्षमताको बिकास गर्न सके जीवनयापन गर्न सहज हुने बताए । राष्ट्र बिकासका लागि यस्ता पौरखी हातहरुको आवश्यकता रहेको उनको भनाई रहेको थियो । 

त्यस्तै समाजिक बिकास महाशाखाका प्रमुख बिमला कोइरालाले यस्तो सिपले गृहणीहरुलाई आर्थिक र पारिवारिक अवस्था सुध्रान सहयोग पुग्ने बताइन । उनले भनिन, ‘सिप सिकेर मात्र हुदैन सिपलाई निर्खादै लानु आवश्यक छ ’ । 

साथै उनले महानगरले आगामी दिनमा सिपमुलक कार्यक्रम सञ्चालन गर्न सहयोग पुर्याउने प्रतिबद्धता समेत जनाइन् । 

कुर्ता, सुरुवाल, टोपी, भोटो सिलाउन साथै कटिङ गर्न समेत जानकारी पाएको तालिममा सहभागि दुर्गा दंगालले बताइन् । उनले पहिलेनै आधारभुत सिलाई कटिङ तालिम लिईसकेको र  अहिलेको तालिम एडभान्स भएकाले धेरै उपलब्धी हासिल भएको बताईन् । 

समयको आवश्यकता प्रबिधिको बिकास संगै सिपमा पनि परिबर्तन गर्नुपर्ने देखिएकाले एडभान्स कोर्षको तालीम दिइएको एस एस सिलाई केन्द्रका संयोजक तथा कार्यक्रमका अध्यक्ष लीला बहादुर परियारले जानकारी दिए । 

 

 Image