Successfully Copied

काम देखाउनु पनि जरुरी

आफ्नो लक्ष्य तयार गर्नुपर्छ । आफूले काम गरेको कार्यालयको हितको विषयमा आफू सदैव चिन्तित हुनुपर्छ । आफूले काम गरेको संस्था कुन लक्ष्य लिएर अघि बढ्दा फाइदा हुन्छ यकिन गर्नुपर्छ र उक्त विषयमा आफ्नो बोसलाई बताउनुपर्छ । यसले गर्दा कार्यस्थलमा आफ्नो सकारात्मक छवि बन्छ । 

आफ्नो कामको जानकारी

मैले राम्रो काम गरेको छु र मेरो कामको मूल्यांकन भएको छ भनेर ढुक्क हुनु हुँदैन । अफिसमा आफूले गरेको कुनै पनि कामको विषयमा आफ्नो बोसलाई जानकारी गराउनुपर्छ । आफूले गरेको कामको व्यहोरा पनि आफ्नो साथमा राख्नुपर्छ । हरेक मानिसको आफ्नै विशेषता हुन्छ । त्यसका बारेमा बोसलाई बताउनुपर्छ ।

स्मार्ट टिप्स 

आफ्नो कामको प्रशंसा त गर्नुपर्छ तर आलोचित हुने हिसाबले बढी प्रशंसा भने गर्नु हुँदैन । बोसलाई केवल आफ्नो कामका बारेमा बताउनुपर्छ अरुले के गरिरहेका छन् भन्ने कुरा चाहिँ भुलेर पनि गर्नु हुँदैन । 

लक्ष्य निर्धारण 

आफ्नो लक्ष्य तयार गर्नुपर्छ । आफूले काम गरेको कार्यालयको हितको विषयमा आफू सदैव चिन्तित हुनुपर्छ । आफूले काम गरेको संस्था कुन लक्ष्य लिएर अघि बढ्दा फाइदा हुन्छ यकिन गर्नुपर्छ र उक्त विषयमा आफ्नो बोसलाई बताउनुपर्छ । यसले गर्दा कार्यस्थलमा आफ्नो सकारात्मक छवि बन्छ । 

स्मार्ट टिप्स 

जोसमा आएर कुनै त्यस्तो लक्ष्य तय गर्नु हुँदैन जसलाई पूरा गर्न हम्मे–हम्मे होस् । आफूले पूरा गर्न सकिने लक्ष्य लिनुपर्छ । कसैलाई प्रभावित तुल्याउने लोभमा आफ्नो अस्तित्व बिर्सनु हुँदैन । 

नयाँ–नयाँ अवधारणाको विकास 

कुनै पनि कार्यालयमा सिर्जनशील तथा कल्पनाशील व्यक्तिलाई प्राथमिकता दिइन्छ । उनीहरूलाई व्यवस्थापनले हेर्ने दृष्टिकोण पनि फरक हुन्छ । आफ्नो दिमागमा कुनै आइडिया छ भने त्यसलाई भन्नुपर्छ । बिनासंकोच विचार आदान–प्रदान गर्नुपर्छ । आफूले दिएको आइडिया कसैलाई मनपर्‍यो भने सबैको प्रशंसा प्राप्त गर्न सकिन्छ । 

स्मार्ट टिप्स 

कुनै नयाँ विचार फुर्नेबित्तिकै तुरुन्तै बोसकहाँ जानुको साटो त्यसको परिणाम के हुन्छ, पहिल्याएर लागू गर्ने निर्णय गरेपछि मात्र बोसलाई बताउनुपर्छ । आफू पूर्णरूपमा तयार भएपछि मात्र बोससँग सम्पर्कमा रहनुपर्छ । पूर्णरूपमा गृहकार्य गरेपछि मात्र आफ्नो योजना बताउनुपर्छ । 

कामको रेकर्ड राख्नु 

तलबको विषयमा आफूप्रति न्याय भएको छैन भन्ने अनुभव भएको छ भने आफूले गरेको कामको जिम्मेवारीको रेकर्ड राख्नुपर्छ । आफूलाई उक्त परियोजना कहिले दिएको आफूले कुन–कुन जिम्मेवारी पूरा गर्ने हो निश्चित गर्नुपर्छ । बोससँग मीठा–मीठा कुरा गरेर सदैव फाइदामा रहने कर्मचारीहरूको कमी हुँदैन । आफूले गरेको कामको रेकर्ड राखेर त्यसबाट फाइदा उठाउन सकिन्छ । 

स्मार्ट टिप्स

कामको रेकर्ड बनाउँदा त्यसलाई पूरा गर्न नसकिने तथा हाँसो उठ्ने खालको बनाउनु हुँदैन । पूरा इमान्दार भएर रेकर्ड राख्नुपर्छ । ब्रान्डिङ तथा बजारीकरणको सिद्धान्तअनुरूप सुन्दर वस्तुको माग बढी हुन्छ । सामानको गुणस्तरका साथै त्यसको प्याकेजिङ तथा लेबलिङलाई पनि प्राथमिकता दिनुपर्छ । बाहिरी आवरण राम्रो छ भने त्यसले ग्राहकहरूको मनमा तुरुन्तै प्रभाव पार्छ । त्यसैगरी कार्यालयमा सदैव राम्रो पहिरनमा जानुपर्छ । राम्रो पहिरनले व्यक्तित्वमा निखार ल्याउँछ । मानिसहरूले नोटिस गर्छन् फलतः कार्यालयमा आकर्षणको केन्द्र बन्न सकिन्छ । पहिरनका साथै आफ्नो कुरा पूरै आत्मविश्वासपूर्वक प्रस्तुत गर्ने बानी बसाल्नुपर्छ ।

स्मार्ट टिप्स 

कार्यालयमा कुनै ड्रेस कोड छैन भने पनि औपचारिक पहिरन लगाउनुपर्छ । यसले आत्मविश्वास बढाउनुका साथै छवि पनि राम्रो बनाउँछ । 

नबोल्दा हुने नोक्सानी 

– कामको नोटिस हुँदैन । 

– बोसले जिम्मेवारी दिनुअघि सोच्न थाल्छन् । 

– काम गर्ने मानिसको गिन्तीमा परिँदैन । 

– आफ्नो कामको जस अरूले नै लिन्छन् ।

 Image