Successfully Copied

हेल्दी होमको नयाँ शाखा

मोटोपनको उपचार गर्दै आएको हेल्दी होम एन्ड नेचुरल हेल्थ केयर सेन्टरले भक्तपुरको सल्लाघारीमा आफ्नो शाखा बिस्तार गरेको छ । यो सँगै हेल्दी होमको शाखाको संख्या १० पुगेको छ ।

मोटोपनको उपचार गर्दै आएको हेल्दी होम एन्ड नेचुरल हेल्थ केयर सेन्टरले भक्तपुरको सल्लाघारीमा आफ्नो शाखा बिस्तार गरेको छ । यो सँगै हेल्दी होमको शाखाको संख्या १० पुगेको छ । कोरियालगायत विश्वका अत्याधुनिक प्रविधिबाट मोटोपनको उपचार गर्दै आएको हेल्दी होमका शाखाहरू काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा आदि सहरमा छन् । 

हेल्दी होमले मेसिन तथा औषधिको माध्यमबाट मोटोपन हटाउन मद्दत गर्दै आएको हेल्दी होमका अध्यक्ष कृष्णभण्डारीले बताए । मुटु रोग, श्वासप्रश्वाससम्बन्धी समस्या, डाइबिटिज, उच्च रक्तचाप, कोलेस्ट्रोल, हाइपरटेन्सनजस्ता थुप्रै रोगको कारण मोटोपन भएकाले यसलाई घटाउन हेल्दी होम सहयोगी साबित भएको अध्यक्ष भण्डारीले बताए । उनले महिनामा १५ केजीसम्म मोटोपन घटाउन सकिने भएकाले मोटोपनबाट ग्रसित व्यक्तिहरूले हेल्दी होमको सेवा लिई समयको राम्रो सदुपयोग गर्न सक्ने जानकारी दिए ।

हेल्दी होमको उपचार पद्धतिले बिनाअसर मानिसको शरीरमा भएको अनावश्यक बोसो हटाई मोटोपनबाट छुटकारा दिलाउने दाबी पनि होमको छ । विगत १० वर्षदेखि निरन्तर सेवा प्रदान गर्दै आएको हेल्दी होममा अत्याधुनिक प्रविधिद्वारा एकदिनमा १ देखि २ केजीसम्म मोटोपन घटाउन सकिन्छ ।

शरीरको मेटाबोलिज्मलाई सन्तुलनमा राख्ने, शरीरको सेप मिलाउने, १ महिनामा ५ देखि १० इन्चसम्म हेल्दी होमले शरीरको इन्च घटाउने, पेटमा भएको धर्सा, अनुहारको चाउरीपनको उपचारलगायत मानिसको स्वास्थ्य एवं सुन्दरतासँग सम्बन्धित सम्पूर्ण उपचार गर्दै आएको छ ।

 Image