Successfully Copied

सुन्दर रहन खुसी रहने प्रयास गर्छु 

सकभर खुसी रहने प्रयास गर्छु । तोफु एवं हेल्दी फुड खानुका साथै प्रशस्त मात्रामा पानी पिउँछु । म कम्तीमा ८ घन्टा सुत्छु । योग र जिमले पनि सुन्दरता वृद्धिमा सहयोग पुर्‍याउँछन् । मैले केही समययतादेखि फिटनेस क्लब पनि ज्वाइन गरेकी छु । 

दीपिका प्रसाईं, नायिका

फेसन कन्सस छु

दर्शकले माया गरेपछि स्मार्ट एण्ड ब्युटिफुल त देखिनै पर्‍यो । त्यसैले म बजारमा के–कस्तो फेसन ट्रेन्डमा छ ध्यान पुर्‍याउँछु । म वेस्टर्न र इस्टर्न फेसन ट्रेन्डलाई पनि फलो गरिरहेकी हुन्छु । यसमा इन्ट्राग्रामले पनि सहयोग गरेको छ । यद्यपि म फेसन कन्सस छु भन्दैमा कपी गरेर मात्र हिँड्दिन । आफूलाई सुहाउने गरी ट्रेन्डलाई फलो गर्छु । कतै मन परेको पहिरन देखियो कि किनिहाल्ने स्वभाव छ । वान पिस, फर्मल वेयर तथा साडी मलाई सबैभन्दा मनपर्ने आउटफिट हुन् । मसँग फर्मल वेयर र वान पिसकै कलेक्सन बढी छ । अरूले भनेअनुसार मलाई गाउन र साडी बढी सुहाउँछ । 

पहिरनमा कम खर्च

म महँगो भन्दा पनि लगाउँदा शरीरमा मिल्ने र सजिलो पहिरन किन्छु । पहिरनका लागि धेरै पैसा खर्च गर्दिन । ब्रान्डेड र महँगो लगाउँदैमा आकर्षक देखिन्छ भन्ने होइन, मिलाएर लगाए कम मूल्यको पहिरनमा पनि आकर्षक देखिन सकिन्छ । 

आइ लभ एसेसरिज

कतै घुम्न जाँदा किनिहाल्ने वस्तु नै एसेसरिज हुन् । ममा एसेसरिजप्रति असाध्यै रुचि छ । मसँग नेकपिस, ह्यान्ड रिङ तथा इयररिङको राम्रै कलेक्सन छ । म प्रायः नेकपिस, ह्यान्ड पिसहरू लगाएर बाहिर निस्कन्छु । साधारण पहिरनमा पनि मिलाएर एसेसरिज लगाउन सकियो भने सबैको नजरमा परिन्छ । महिलाको सुन्दरतामा एसेसरिजको भूमिका ठूलै हुन्छ ।

बढी खर्च

म बढी चस्मा र परफ्युममा खर्च गर्छु । यी दुई कुरा भने ब्रान्डेड नै चाहिन्छ ।

रंग

रातो, नीलो, कालो तथा सेतो रंग मन पर्छ । मसँग यी चार रंगकै पहिरन बढी छन् । त्यसमा पनि कालो रंगका आउटफिट बढी छन् । 

स्कर्ट सुहाउँदैन

मेरो खुट्टा पातलो भएकाले स्कर्ट त्यति सुहाउँदैन । त्यसैले स्कर्ट लगाउँदिन । 

सुन्दरताको रहस्य

सकभर खुसी रहने प्रयास गर्छु । तोफु एवं हेल्दी फुड खानुका साथै प्रशस्त मात्रामा पानी पिउँछु । म कम्तीमा ८ घन्टा सुत्छु । योग र जिमले पनि सुन्दरता वृद्धिमा सहयोग पुर्‍याउँछन् । मैले केही समययतादेखि फिटनेस क्लब पनि ज्वाइन गरेकी छु । 

 Image