Successfully Copied

४० वर्षे उमेरमा स्वस्थ रहन

धेरै महिलामा आइरन तथा क्याल्सियमको कमी हुन्छ । त्यसैले यो उमेरमा एकपटक यसको जाँच गराएर क्याल्सियम तथा आइरन प्रशस्त भएका खानेकुरा खानुपर्छ । चिकित्सकको सल्लाहमा यसको ट्याबलेट सेवन गर्न पनि सकिन्छ । 

तन्दुरुस्त रहन क्याल्सियम, आइरन तथा प्रोटिनयुक्त डाइटले मात्र हुँदैन । त्यसबाहेक अरु केही कुरामा पनि ध्यान दिनु आवश्यक हुन्छ । महिलाले घरपरिवार, श्रीमान् तथा छोराछोरीको ख्याल राख्दाराख्दै आफ्नो स्वास्थ्यप्रति बेवास्ता गर्छन् । युवावस्थामा त सानोतिनो समस्यालाई बेवास्ता गरे पनि ४० वर्षको उमेरमा पुगेपछि भने केही सावधानी अपनाउनै पर्छ । केही कुरालाई आफ्नो जीवनको हिस्सा बनाउनुपर्छ ।

क्याल्सियम तथा आइरन 

धेरै महिलामा आइरन तथा क्याल्सियमको कमी हुन्छ । त्यसैले यो उमेरमा एकपटक यसको जाँच गराएर क्याल्सियम तथा आइरन प्रशस्त भएका खानेकुरा खानुपर्छ । चिकित्सकको सल्लाहमा यसको ट्याबलेट सेवन गर्न पनि सकिन्छ । 

ग्रिन टी तथा कफी सेवन

एकदिनमा एक कप ग्रिन टी तथा कफी सेवन गर्न सकिन्छ । कफीमा भएको कफिनले 

फ्याटलाई इनर्जीमा परिणत गरिदिन्छ । 

वेट ट्रेनिङ

४० वर्षको उमेरभन्दा पहिले नै जिम क्लब जाने गरे पनि फरक पर्दैन । ४० वर्षमा मांसपेशी कमजोर रहने भएकाले वेट ट्रेनिङ गरेर मजबुत बनाउन सकिन्छ । 

सेडुयल परिवर्तन

योग गर्ने तथा मर्निङ वाकमा जाने बानी छ भने सेडुयलमा थोरै परिवर्तन गर्नुपर्छ । हेल्थ स्पेशलिस्टको सल्लाहमा केही कुरा समावेश तथा केही कुरा बन्द गर्न सकिन्छ । हिँडडुल गर्ने समय पनि परिवर्तन गर्न सकिन्छ । 

सप्लिमेन्टको प्रयोग 

यो उमेरमा हड्डी तथा जोर्नीका बारेमा धेरै विचार पुर्‍याउनुपर्छ । भिटामिन डी, सी तथा ई को ख्याल राख्नुपर्छ । भिटामिन सी तथा ई एकैपटक लिनुपर्छ । 

पोस्चरमा ध्यान दिने 

पुरुषको तुलनामा महिलाको काँध, घाँटी तथा कम्मरमा पीडा धेरै हुन्छ । बस्ने, उठ्ने तथा सुत्ने तरिकामा पनि यो निर्भर रहन्छ । कसरी बस्ने, सुत्ने तथा उठ्ने भन्ने विषयमा फिजियोथेरापिस्टसँग सल्लाह लिन सकिन्छ । 

तयारी रहनु 

आफूलाई बदल्नका लागि तयारी हुनुपर्छ । लेख्ने, पढ्ने तथा मनमा सोचेर मात्र केही हुँदैन । स्वस्थ रहनका लागि अरुले के भन्लान् भनेर सोच्नुभन्दा पनि म यसो गर्छु भनेर दृढ रहनुपर्छ ।

स्पोर्ट्स सुज

स्पोर्ट्स सुज लगाउने बानी छैन भने पनि हिँडडुल गर्दा स्पोर्ट्स सुज नै उपयुक्त हुन्छ । आफूलाई मन परेको सुज किनेर एक्सरसाइज गर्न जिम जान सकिन्छ । 

गल्तीबाट नआत्तिने 

सुरुमा एक्सरसाइज गर्दा नमिल्न सक्छ । केही कुरा नजाने एक्सपर्टको सहयोग लिनुपर्छ । 

सबैलाई बताउने 

केही गरिरहेको तथा केही गर्न चाहेमा आफूसँग नजिक रहेका आफन्त तथा साथीभाइलाई बताउनुपर्छ । यसो गर्दा उनीहरूले बधाई दिनुका साथै कहिलेकाहीँ आज जिम नजाने पनि भन्न सक्छन् । 

खाने–सुत्ने 

रातिको खाना सुत्नुभन्दा दुईघन्टा पहिले खानुपर्छ । खाना खाएपछि १ सय कदम यताउता हिँड्नु फाइदाजनक हुन्छ । खाएको केही क्षणपछि मात्र हिँड्नुपर्छ । 

स्पा तथा मसाज 

हप्तामा एकपटक मसाज तथा स्पामा जानु उपयुक्त हुन्छ । घरमै पनि गर्न सकिन्छ । 

बाथरुममा ध्यान 

घरको सबैभन्दा खतरनाक स्थान बाथरुम हो । धेरैजसो बाथरुममा चिप्लिने गर्छन् । त्यसैले बाथरुम चिसो छोड्नु हुँदैन । चिसो भएमा पुछ्नुपर्छ । 

फलफूलबाट सुरुवात 

दिनको सुरुआत फलफूलबाट गर्नुपर्छ । स्याउ सबैभन्दा फाइदाजनक हुन्छ । साथै मौसमअनुसारका फलफूल खान सकिन्छ । अनार तथा अम्बा पनि खान सकिन्छ । 

 

अमला–मुरब्बा : पेटलाई स्वस्थ राख्नका लागि अमला तथा मुरब्बा खानुपर्छ । अमलाको क्यान्डी पनि खान सकिन्छ । 

दिनमा दुईपटक : आराम महसुस गर्नका लागि दिनमा दुईपटक पेट सफा हुनुपर्छ । यसले शरीरमा हल्कापन महसुस हुन्छ । 

पिउनुपर्छ : पानी प्रशस्त मात्रामा पिउनुपर्छ । पानी साथमा राख्नुपर्छ र समय–समयमा पिइरहनुपर्छ । 

प्रोटिन : प्रोटिनले कमजोर भएको मांसपेशीलाई मजुबत बनाउँछ । त्यसैले यसको मात्रा बढाउनुपर्छ । यसले मेटाबोलिज्म तीब्र बनाउनुका साथै फ्याट बर्न गर्न पनि सघाउ पुर्‍याउँछ । 

 Image