पिसाब चुहिने समस्या र उपचार
३४–४० वर्षको उमेरमा हाँस्दा र हाच्छ्युँ गर्दा वा कति महिलालाई महिनावारी सुकेपछि पिसाब चुहिने समस्या हुनसक्छ । कतिपयले केही गह्रौं सामान उचालेपछि पिसाब तुरुक्क चुहिने समस्या सुरु भएको भन्छन् । 
                             
                             
               
              प्रा.डा.रोहित सैंजु, मोतिबिन्दु तथा अकुलोप्लाष्टी सर्जन, दृष्टि द भिजन आई सेन्टर, जमल
अकुलोप्लास्टी भनेको के हो ?
यसलाई आँखाको प्लास्टिक सर्जरी भनेर बुझ्न सकिन्छ । अकुलो भनेको आँखा र प्लास्टिक भन्नाले पुननिर्माणको काम भन्ने बुझिन्छ । यो सर्जरीले आँखाका विभिन्न भागलाई राम्रो देखाउन सहयोग गर्छ । यो आँखाको सर्जरी गर्ने एक विशिष्ट विधा हो र यसले आँखालाई सक्रिय र सुन्दर बनाउन सहयोग गर्छ ।
कस्तो अवस्थामा आँखाको सर्जरी गर्नुपर्छ ? 
अकुलोप्लास्टीमा विशेष गरी दुईवटा विधा हुन्छन् । एउटा रोगसँग सम्बन्धित उपचार र अर्को कस्मेटिक सर्जरी । यसले आँखाको ढकनी, आँखासम्बन्धी रोग, आँखाको खोबिल्टो (अर्बिट), आँखाको आँशु बग्ने प्रणाली र आँखाको क्यान्सरलाई समेत समेट्छ । आँखाको साइज मिलाउन पनि सर्जरी गर्नुपर्छ । थाइराइडले पनि आँखामा असर पु¥याउन सक्छ । चोटपटकसम्बन्धी विभिन्न किसिमको इन्फेक्सन, अनुहारको आधा फेसमा आउने विभिन्न प्रकारका नशाका समस्या पनि यससँग जोडिन्छन् ।
कस्मेटिक सर्जरी किन गरिन्छ ? 
सधै सुन्दर र आफ्नो व्यवसायमा  सक्रिय रहनु आज धेरैको चाहना हुन्छ । यो सौन्दर्य प्रसाधनसँग पनि जोडिन्छ ।  मानिसको उमेर बढ्दै जाँदा आँखाको वरिपरिबाट चाउरीपन सुरु हुन्छ । आँखामा  देखिने चाउरीपन, आँखा सानो भएजस्तो, आँखाको तल्लो डिलको छालामुनि बोसो आएर  बसेको अवस्था (आइब्याग) हरू उमेरसँगै देखापर्छ । यी समस्याहरूबाट मुक्त  हुनका लागि रिकभर गरी जवान देखिने इच्छाले पनि आँखाको कस्मेटिक सर्जरीमा  आकर्षण बढेको छ । सर्जरीका लागि अकुलोप्लास्टी विशेषज्ञ सर्जनहरूबाट गराउनु उपयुक्त हुन्छ ।
अहिले कस्तो प्राविधिको माग छ ? 
अहिलेको  सर्जरीमा मिनिमल इन्भ्याजी प्रविधि (ठूला खतहरू नदेखिने) ठूला घाउहरू  नबनाउने, आँखाको ढकनीको छालाको पछाडिबाट सानो घाउ बनाएर प्लास्टिक सर्जरी  गर्ने, माइक्रोस्कोपको प्रयोगमा सर्जरी गर्ने, छिटो रिजल्ट आउने, मसिना  धागोबाट सिलाई गर्ने जस्ता टेन्ड्र छन् । पछिल्लो समय धेरै माग भएको विधा  भने अकुलोप्लास्टी हो । यो भनेको आँखाको वरिपरि उमेरसँगै आउने परिवर्तन  हुँदै गएको अवस्था हो । आँखाको ढकनी, आँखीभौं तल झर्ने,माथिल्लो ढकनीको  छाला झोल्लिएर जाने, आइब्यागको अपरेसन गर्ने क्रियाकलापहरू बढ्दै गएका  छन् ।
कति–कति समयमा गर्नुपर्ने हुन्छ ? 
यो एकपटक गरेपछि  प्रायः पुन गर्नुपर्दैन । गर्नै परेमा १० वर्षसम्म पछि गर्न सकिन्छ ।  उमेरको हिसाबले पनि हुन्छ । कुनै व्यक्तिले ५० वर्षमा सर्जरी गरको छ भने अब  उसको आँखाको दृष्टि कसरी बचाउने भन्ने हुन्छ ।
 खर्च कति लाग्छ ? 
उपचारको अवस्था हेरेर खर्च तय हुन्छ । दुवै आँखाको कस्मेटिक सर्जरी गर्दा ४० देखि ६० हजारसम्म खर्च लाग्छ ।
(डा. सैंजुसँग प्रकृति दाहालले गरिएको कुराकानीमा आधारित )
