Successfully Copied

गायिका यशोधा र गायक जगदिशको माया सार्वजनिक 

नेपाली सुगम संगीतमा एक दशक देखी सक्रिय गायिका यशोदा खालिङ राई नयाँ भिडियो लिएर आएकी छिन् । आसुतोष राईको शब्द तथा संगीतमा ‘मायामा’ बोलको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो । गीतमा यशोदालाई चर्चित गायक जगदिश समालले गायनमा साथ दिएका छन ।

सोलुखुम्बुमा जन्मिएकी गायिका यसोधा स्कुल पढ्ढादेखी नै गायनमा सक्रिय थिईन । स्थानिय स्तरमा हुने बिभिन्न साागितिक कार्यक्रममा नछुटाई सहभागी हुने यसोधाले अध्ययनको शिलशिलामा काठमाडौं आएपछी संगीतको अनौपक्षरिक शिक्षापनि लिएकी थिईन । 

सन २००६ मा पबिधान खालिङ राइको संगीतमा आफ्नो पहिलो साागितिक कोशेली स्वरुप ‘यसोधा – १’ बजारमा ल्याएकी थिईन् । २००६ देखिनै अमेरिका बसोबास गर्दै आएकी गायिका यसोधा अमेरिकामा हुने प्रायः कार्यक्रममा प्रस्तुती दिने र नेपालबाट जाने कलाकारलाई साथ सहयोग गर्न अग्रसर यशोदाको सार्वजनिक गीत ‘यशोदा–२’ एल्बममा समाबेश गीत हो । 

सार्वजनिक गीतलाई दिनेश न्यौपानेले एरेञ्ज गरेका हुन् । गीतको भिडियोमा जाङ्बु शेर्पा र कमला राईले फिचरिङ गरेका छन् । भिडियोलाई शम्भु मोक्तानले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् । भिडियो अमेरिका स्थित न्युयोर्कका बिभिन्न स्थानमा छायांकन गरिको छ । यशोदाका ‘यशोदा’ र ‘यशोदा–२’ एल्बम सार्वजनिक छन । गायिका यशोदा नृत्य र अभिनयमा पनि सकृय छिन् ।

गीतको म्यूजिक भिडियो :

 Image