Successfully Copied

पोखरामा गोल्डेन आइकन

पोखरामा आयोजित छैटौं संस्करणको नेपाल गोल्डेन आइडलको गायनतर्फको उपाधि सर्लाहीका सृजल खनालले जितेका छन् । यो विधामा दाङकी विशाखा शाही फस्ट रनर्सअप तथा इलामका युअल राई सेकेन्ड रनर्सअप भए । 

पोखरामा आयोजित छैटौं संस्करणको नेपाल गोल्डेन आइडलको गायनतर्फको उपाधि सर्लाहीका सृजल खनालले जितेका छन् । यो विधामा दाङकी विशाखा शाही फस्ट रनर्सअप तथा इलामका युअल राई सेकेन्ड रनर्सअप भए । 

पोखरा उद्योग वाणिज्य संघको हल गैरापाटनमा आयोजित फाइनलमा नृत्यतर्फको उपाधि इटहरीकी सेविका कोइरालाले चुमिन् । नृत्य विधामा कैलालीकी सुनिता विष्ट फस्ट रनर्सअप तथा मीरा ओली सेकेन्ड रनर्सअप घोषित भए । 

गायन तथा नृत्य क्षेत्रका प्रतिभाको खोजी गर्ने उद्देश्यले देशका विभिन्न ठाउँमा भएको यो प्रतियोगिताको अडिसनमा २ हजार २ सय जनाले सहभागिता जनाएका थिए । उनीहरूमध्येबाट पहिलो चरणमा १ सय ३० जना छानिए । विभिन्न चरण पार गरेर ११ जना फाइनलमा पुगेका थिए । यो प्रतियोगिताको निर्णायकमा गायक कर्णदास, गायक तथा संगीतकार रामभत्त जोजिजु, नृत्य निर्देशक कमल राई, जसु गुरुङ तथा निरुता गुरुङ थिए । 

 Image