कियानले ल्याएको खुसी
किरणले सबैलाई चकित पार्ने गरी खेल मैदानबाटै चिच्याए, ‘कञ्चन विल यु म्यारी मी ?’ घुँडा टेकेर हातमा हीराको औँठी बोकिरहेका किरणलाई सबैले एकतमासले हेरे । कञ्चन खुसी भएर मैदान छिरिन् ।

लेखक प्रतिभा सुवेदीको ‘मेरो पहिचान’ पुस्तक विमोचन भएको छ । पुस्तकमा लेखन स्वयंमले जीवनमा भोगेका अनुभुतिहरु पोखेकी छिन् । नारी चेतना केन्द्रद्वारा प्रकाशित पुस्तकको विमोचनमा समालोचक प्रा डा. वीणा पौड्याल, साहित्यकार नगेन्द्रराज शर्मा, नियात्राकार तथा समालोचक चन्द्रप्रकाश भट्टराई र महिला सुरक्षा दवाब समूहका अध्यक्ष कल्याणी शाहले गरेका थिए ।
पुस्तकमा २६ वटा शीर्षक राखिएका छन । सामाजिक, आर्थिक, राजनीतिक, इतिहास समेत समेटिएको लेखक सुवेदीले बताइन् । यो सँगै सुवेदीका पाँचवटा पुस्तक प्रकाशित भएका छन् ।