Successfully Copied

ड्रेस टु इम्प्रेसमा डिजाइनर सिर्जना

बालुवारस्थित आम्रपाली ब्याङ्क्वेटमा ७१ जना युवा–युवती विभिन्न आकर्षक एवं मनमोहक पहिरनहरूमा चिटिक्क सजिएर बसेका थिए । आफ्ना लागि आफैंले तयार पारेको पहिरन तथा ती पहिरनलाई मोडलजस्तै विभिन्न हावभाव दिंदै रनवेमा प्रस्तुत गर्न आतुर उनीहरूमा बेग्लै खालको उत्सुकता र रोमाञ्चता देख्न सकिन्थ्यो ।

मंगलबार साँझ बालुवारस्थित आम्रपाली ब्याङ्क्वेटमा ७१ जना युवा–युवती विभिन्न आकर्षक एवं मनमोहक पहिरनहरूमा चिटिक्क सजिएर बसेका थिए । आफ्ना लागि आफैंले तयार पारेको पहिरन तथा ती पहिरनलाई मोडलजस्तै विभिन्न हावभाव दिंदै रनवेमा प्रस्तुत गर्न आतुर उनीहरूमा बेग्लै खालको उत्सुकता र रोमाञ्चता देख्न सकिन्थ्यो । आईआईएफटी नेपाल फेसन डिजाइनिङ इन्स्टिच्युटमा अध्ययनरत फेसन डिजाइनिङका विद्यार्थीहरूले ड्रेस टु इम्प्रेस शीर्षकको प्रतियोगिताका लागि आफूलाई त्यसरी तयार पारेका थिए ।

उक्त अवसरमा फिटेड गाउन, लेहेंगा, ककटेल, कल्चुरल तथा फ्लो गाउन आदि सिक्वेन्समा विद्यार्थी डिजाइनरहरूले आफूले सिर्जना गरेका पहिरन आफैंले प्रस्तुत गरे । उनीहरूको प्रस्तुतिलाई कोरियोग्राफर विपना थापाले निर्देशन गरेकी थिइन् ।

करिब दुई घण्टाको उक्त प्रस्तुतिको अन्तमा ड्रेस टू इम्प्रेसको विजेता घोषणा गरियो, जसमा कालो रंगको फ्लो गाउनकी डिजाइनरसोनी श्रेष्ठ विजेता घोषित भइन् भने मयूरबाट प्रभावित ककटेल पहिरनकी डिजाइनर श्वेता शाक्य फस्ट रनर्सअप तथा टाईडाई गरी तयार पारिएको लेहेंगाकी डिजाइनर शारदा बानियाँ सेकेन्ड रनर्सअप घोषित भए । कार्यक्रममा गायकद्वय लाक्पा शेर्पा र प्रवेशमान शाक्यले आफ्ना गीतहरू सुनाएका थिए । 

 

 Image