भान्सामा सिसाको जादु
सहरदेखि गाउँगाउँमा समेत सिसाका गिलास, जार, बोतल, प्लेट र डेकोरेटिभ कन्टेनर भान्सामा प्रयोग हुन थालेका छन् । वातावरणमैत्री सिसाका भाँडाको माग बढ्दै गएको व्यापारी बताउँछन् ।
सन् १९९० अघिदेखि विश्वभर विशुद्ध अर्गानिक उत्पादन पुर्याउने उद्देश्यसहित अर्गानिक इन्डियाका उत्पादन अब नेपालमा समेत उपलब्ध हुने भएका छन् ।
खासगरी चियाका पारखीहरूलाई लक्षित गरी पोमिग्रयानेट, लेमन, अर्लग्रे, ज्यास्मिन, क्लासिकल आदि विभिन्न स्वादका अर्गानिक चिया उत्पादन गर्दै आएको अर्गानिक इन्डियाले नेपालमा अर्गानिक चियाबाट आफ्नो बजार सुरु गरेको बताइएको छ भने बिस्तारै अन्य उत्पादन पनि नेपाल भित्रिनेछन् ।
अर्गानिक इन्डियाका उत्पादन भाटभटेनी, बिग मार्टलगायत अन्य सपिङस्टोर तथा मार्टहरूमा उपलब्ध छन् ।