Successfully Copied

आकर्षक बगैंचाका लागि

सूर्यको किरण कुन ठाउँबाट आउँछ, त्यसमा ध्यान दिई आवश्यक जानकारी लिएर मात्र बिरुवा रोप्नु उचित हुन्छ । विशेषगरी बगैंचा निर्माणका लागि पहिले नै योजना तयार गर्नुपर्छ । योजना बनाउनुपूर्व बगैंचा निर्माण गर्ने खाली स्थान कति छ जानकारी राख्नुपर्छ । हरियालीले मनमा शान्तिको अनुभूति गराउँछ । 

सूर्यको किरण कुन ठाउँबाट आउँछ, त्यसमा ध्यान दिई आवश्यक जानकारी लिएर मात्र बिरुवा रोप्नु उचित हुन्छ । विशेषगरी बगैंचा निर्माणका लागि पहिले नै योजना तयार गर्नुपर्छ । योजना बनाउनुपूर्व बगैंचा निर्माण गर्ने खाली स्थान कति छ जानकारी राख्नुपर्छ । हरियालीले मनमा शान्तिको अनुभूति गराउँछ । 

घरलाई सुन्दर बनाउन बगैंचाको भूमिका महत्वपूर्ण हुन्छ । वनस्पति तथा रङ्गीविरङ्गी फूलले ढकमक्क फुलेको बगैंचाले घरको सुन्दरता मात्र नभई मानसिक स्थितिमा समेत सकारात्मक प्रभाव पारिरहेको हुन्छ । बगैंचाका मौसमी तथा सदावहार बोटबिरुवाले घरको सौन्दर्य वृद्धि गर्ने हुनाले बगैंचालाई ठूला रूख, फूल तथा हेजले विभाजित गरेर आकर्षक बनाउन सकिन्छ । त्यस्तै, क्याक्टस, मौसमी फूल, ग्रीन प्लान्टदेखि बाह्रमासे फूल आदि लगाएर बगैंचामा आकर्षण थप्न सकिन्छ । सूर्यको किरण कुन ठाउँबाट आउँछ, त्यसमा ध्यान दिई आवश्यक जानकारी लिएर मात्र बिरुवा रोप्नु उचित हुन्छ । विशेषगरी बगैंचा निर्माणका लागि पहिले नै योजना तयार गर्नुपर्छ । योजना बनाउनुपूर्व बगैंचा निर्माण गर्ने खाली स्थान कति छ जानकारी राख्नुपर्छ । हरियालीले मनमा शान्तिको अनुभूति गराउँछ । यसले दिनभरि कामकाजमा व्यस्त शरीर तथा मस्तिष्कमा ऊर्जा पैदा गर्छ । त्यसैले पनि पहिलेको तुलनामा हिजोआज घरमा बगैंचा बनाउने चलन बढिरहेको छ ।

हेज

बगैंचालाई आकर्षक देखाउन बार अर्थात् हेज लगाइएका हुन्छन् । बगैंचा निर्माणका लागि प्रशस्त ठाउँ छ भने हेज लगाउनु उपयुक्त हुन्छ । बगैंचामा हेज लगाउने भए त्यो २ देखि ३ फिट अग्लो तथा सवा फिट चौडा हुनुपर्छ । यसलाई पानी पर्नुभन्दा पहिले रोप्नुपर्छ । नर्सरीबाट १० इञ्च लामो हेज खरिद गर्नुपर्छ । यसलाई दोहोरो लाइन बनाएर रोप्नुपर्छ । जरा बसेपछि त्यसलाई विस्तारै छाँट्नुपर्छ । ठूलो भएपछि ५ महिनाको अन्तरमा छाँट्नुपर्छ । यसो गर्दा हेजलाई बढ्न र बाक्लो हुन मद्दत मिल्छ । यसमार्फत बगैंचालाई पार्टेसन गरी नयाँ स्वरूप प्रदान गर्न सकिन्छ । हेजलाई ठाउँ छुट्याउन, विभिन्न आकृति, बोर्डर, किनारा तथा पर्खाल बनाउन प्रयोग गरिन्छ । विशेषगरी जेठ–असार हेज बनाउने उपयुक्त महिना हो । यतिबेला गर्मीले पुरानो हेज डढेर नराम्रो देखिन्छ । 

फूल फुल्ने बिरुवा

फुलेका रंगीबिरंगी फूलले बगैंचालाई जीवन्त तुल्याउँछन् । त्यसैले बगैंचामा मौसमी फूल रोप्नु उपयुक्त हुन्छ । फूल फुल्ने बिरुवा तथा लहरे फूलका लागि सानो खाल्डो खन्नुपर्छ । यसका लागि २ फिट गहिरो तथा १ फिट चौडा खाल्डो खनी त्यसमा बिरुवा रोप्नुपर्छ । लहरे बिरुवाजस्तै बेगनबेलिया भित्ता र पर्खालमा लगाउनुपर्छ । बिरुवाको दूरी ४ देखि ६ फिट हुनुपर्छ । बिरुवा बढेर माथि जाओस् भनेर धागो वा डोरी सपोर्ट दिन सकिन्छ । चमेली तथा मधुमालती पनि भित्तामा लगाउन सकिन्छ । लाहुरे, सुपारी, सयपत्री, जंगली गुलाब आदि केही फूल फुल्ने बिरुवा भने छायाँमा रोप्नुपर्छ ।

रूख

घरवरिपरि निम, गुलमोहर, पाइन, कदम, बकाइना, जमुना, नरिवल, आँप, लिची एवं अम्बा आदिका बिरुवा रोप्न सकिन्छ । करिब १२ फिटको अन्तरमा बिरुवा रोप्नुपर्छ । रूख रोप्दा साढे २ फिट गहिरो तथा सवा फिट फराकिलो खाल्डो खन्नुपर्छ । रूख रोप्दा माटोमा भएका ढुंगा आदि अनावश्यक वस्तु फाल्नुपर्छ । 

सजावटी सामग्रीको प्रयोग

बगैंचा सजाउन विभिन्न प्रकारका फूलका साथै अन्य सामग्रीसमेत प्रयोग गर्न सकिन्छ जस्तै– विभिन्न खालका फर्निचर, बर्डबाथ तथा बड हाउस, डेकोरेटिभ लाइट्स, विन्ड चाइम्स, वाटर फाउन्टेन, स्ट्याच्यु, गार्डेन स्टेक्स, गार्डेन विन्डमिल्स आदि । यस्ता सामग्रीले बगैंचालाई थप आकर्षक बनाउन सहयोग पुर्‍याउँछन् ।

 Image