Successfully Copied

सलिल र सरिशालाई रोटर्‍याक्ट उपाधि

सौन्दर्य प्रतियोगिताको संख्या र दायरा बढ्दो क्रममा रहेको छ । यसै परिवेशमा यसै साता राजधानीको कमलादीस्थित प्रज्ञा भवनको डबलीमा मंचन भएको सौन्दर्य प्रतियोगिताको पृष्ठभूमि अलिक फरक पाइयो । कारण यो प्रतियोगिता युवा पुस्ताका रोटेरियनहरु वीच सम्पन्न भएको थियो । 

रोटेरियन इन्टरनेसनल डिस्ट्रीक्ट ३२९२ को आयोजनामा गत वर्ष देखि संचालन भएको मिष्टर एण्ड मिस रोटर्‍याक्ट नाम दिइएको प्रतियोगितामा यस पटक पर्सनालिटी विधाको अवार्ड सहित सलिल राज शाक्य र सरिशा श्रेष्ठ विजेता बन्न सफल भएका छन् ।  प्रतियोगितामा आयुश सुवाल र उर्जा नेवाः फस्ट रनर अप तथा अभय लाल श्रेष्ठ र माया थापा सेकेन्ड रनर अप छनौट भएका छन् । 

देशैभरि संचालन गरिएको प्रारम्भिक चरणको अडिसन त्यसपछि कार्य क्षमता र दक्षता प्रदर्शन गर्ने राउन्ड पछि चयन भएका फाइनलिष्टहरुको बुटक्याम्प प्रशिक्षण पछि फाइनल प्रतिस्पर्धालाई मूर्त दिइएको यो प्रतियोगितामा आयुष सुवाल र लुमन्ती मानन्धर पपुलर, आशिष खड्का र माया थापा इन्टेलिजेन्ट, निशान महर्जन र उर्जा नेवाः क्रिएटिभ तथा आशुतोष बडाल र आरजु गैरे कन्जिनियालिटी अवार्ड विजेता चयन गरिएका थिए । 

 Image