Successfully Copied

केकीको स्टाइल

अभिनेत्री केकि अधिकारी आफूलाई मनपर्ने र लगाउँदा आरामदायक पहिरनलाई प्राथमिकता दिन्छिन् । पहिले पहिरनले उनको मन जित्नुपर्छ अनि मात्र उनी त्यो पहिरन लगाउँछिन् । अभिनेत्री अधिकारीलाई मनपर्ने पहिरन जिन्स र टप्स हो ।

पहिरन

अभिनेत्री केकि अधिकारी आफूलाई मनपर्ने र लगाउँदा आरामदायक पहिरनलाई प्राथमिकता दिन्छिन् । पहिले पहिरनले उनको मन जित्नुपर्छ अनि मात्र उनी त्यो पहिरन लगाउँछिन् । अभिनेत्री केकी अधिकारीलाई मनपर्ने पहिरन जिन्स र टप्स हो । मन परेको पहिरन भए फुटपाथमा पनि किन्ने केकी पहिरन महँगो नै हुनुपर्छ भन्ने मान्यता राख्दिनन् । उनी कार्यक्रम तथा विवाह समारोहहरूमा साडी, गाउन वा स्मार्ट लुक्समा पुग्छिन् । आफूलाई साडी बढी सुहाउने र अरूले पनि साडीमै राम्रो देखिन्छ भन्ने गरेको उनी बताउँछिन् । रातो, कालो तथा उज्याला रंगका पहिरन नै केकीको पहिलो रोजाइमा पर्ने गरेका छन् । 

मेकअप तथा हेयर केयर 

केकी हेभी मेकअप गर्दिनन् । भन्छिन्–बाहिर सामान्य मेकअपमै निस्कन्छु । मेकअपमा गाजल कहिल्यै छुटाउँदिन । मेरो स्किन टोन डार्क भएकाले लोरेलको गाजल लगाउँछु । यो गाढा कालो हुने भएकाले उनलार्ई सुहाउँछ । समारोह तथा इभेन्ट हेरेर पनि मेकअपमा ध्यान दिनुपर्ने भएकाले उनीसँग मेकअपका हरेक सामग्रीको राम्रो कलेक्सन छ । उनको केश न्याचुरल कर्ली भएकाले हेयर स्टाइल प्रायः छोडिएकै हुन्छ । चलचित्रमा आफ्नो भूमिकाअनुसार केशको स्टाइल परिवर्तन गरिरहनुपर्ने भएकाले केकी केशको विशेष ख्याल गर्छिन् । केशमा नियमित रूपमा तेल लगाउने केकी स्याम्पु, कन्डिसनर तथा हेयर ट्रिटमेन्ट नियमित गरिरहने बताउ“छिन् ।

एसेसरिज

एसेसरिज तथा पहिरन म्याच गरेर लगाउन जाने व्यक्तित्वमा निखार आउने भएकाले केकी एसेसरिजका लागि खर्च गर्न कन्जुस्याईं गर्दिनन् । सुनका गहना नरूचाउने केकी ह्वाइट गोल्ड भने लगाउँछिन् । पहिरनअनुसार एसेसरिज चाहिने हुँदा उनी कतै जाँदा त्यसको कलेक्सन नै बोकेर आउँछिन् । यसैगरी उनी रेवान, अर्मानी आदिका सन ग्लास लगाउ“छिन् । प्रायः ठूलो ब्याग बोक्ने केकीको ब्यागमा आवश्यक कस्मेटिक, एटिएम, फोन आदि अत्यावश्क सामान हुन्छन् ।

 

 

 Image