Successfully Copied

खाद्य मेलामा डाइटिसियन संघ विजयी 

देशभरबाट आएका ७५ सहभागीमध्ये नेपाल डाइटिसियन संघले प्रथम पुरस्कार हात पारेको थियो । नेपालभरिका डाइटिसियन एवं पोषणविद्हरूको छाता संगठन नेपाल डाइटिसियन संघ स्थापना काल (२०६६ साल) देखि नै यस्ता कार्यक्रममा सक्रिय रहँदै आएको छ ।

खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागको आयोजनामा खाद्य मेला काठमाडौंको भृकुटीमण्डपमा फागुन १० देखि १२ गतेसम्म संचालन भएको थियो । उक्त मेलाको उद्घाटन कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले गरेका थिए । देशभरबाट आएका ७५ सहभागीमध्ये नेपाल डाइटिसियन संघले प्रथम पुरस्कार हात पारेको थियो । नेपालभरिका डाइटिसियन एवं पोषणविद्हरूको छाता संगठन नेपाल डाइटिसियन संघ स्थापना काल (२०६६ साल) देखि नै यस्ता कार्यक्रममा सक्रिय रहँदै आएको छ ।

नेपाल डाइटिसियन संघका कार्यकारी अध्यक्ष नानीशोभा शाक्य, रश्मी बजिमय श्रेष्ठ, विपिन कार्की, ब्रिस्टी बोहरा, चन्द्रमणि पौडेल, शान्ता अस्थानीलगायतका डाइटिसियनले मेलामा सेवा प्रदान गरेका थिए । यसैगरी त्रि.वि. शिक्षण अस्पताल तथा स्टुट सेन्टर भक्तपुरमा डाइटिसियनको इन्टर्नसीप गरेका विद्यार्थीले पनि सक्रिय रूपमा सहयोग पु¥याएका थिए । 

यसपटक मेलामा सन्तुलित आहारको प्रदर्शनीमा नयाँ विधि अपनाइएको थियो । ट्राफिक फुड सिस्टमको माध्यमबाट खानालाई वर्गीकरण गरी रेड, एलो तथा ग्रिन जोनमा छुट्टाएर जनमानसमा उपयुक्त खाना छनोटको सजिलो विधि राखिएको नेपाल डाइटिसियन संघका कार्यक्रम संयोजक मोदनाथ पौडेलले जानकारी दिए । यसका साथै शरीरमा भएको बोसो विभिन्न अंग र मासुमा छरिएर बसेको बीआइए मेसिनमार्फत पत्ता लगाउनुका साथै पोषण आहारको तरिका पनि सिकाइएको थियो ।

संघका जनसम्पर्क एवं योजना प्रमुख विपिन कार्कीका अनुसार यो जित साधारण खुड्किलो हो, सरकारले पनि डाइटिसियनको महत्व बुझ्नु जरुरी छ । कार्की भन्छन्–‘जनमानसलाई पोषणको महत्व बुझाउन पनि यस्ता कार्यक्रम सहयोगी माध्यम हुन सक्छन् ।’ आगामी दिनमा पनि यस्ता कार्यक्रममा निरन्तर सहभागिता जनाउने विपिनले बताए ।      

 Image