‘बार्बी’ चलचित्रको च्यारिटी सो
आइएमएस ग्रुपका प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्राका अनुसार बालबालिका भोलिको भविष्य भएकाले शिक्षा अत्यावश्यक हुन्छ । मल्होत्राले पढ्न पाउनु उनीहरुको अधिकार भएको कुरा बताए ।
यो वर्षको मिस इकोको ताज मोडल मुना गौचनले उचाल्न सफल भएकी छिन् । ग्रीन आर्टस् मिडिया प्रा.लि.ले आयोजना गरेको उक्त प्रतियोगीतामा मुनाले प्रतियोगिताको ताज उचाल्न सफल भएकी हुन् । मुनालाई गत वर्षकी ताजधारी मौनता लामाले क्राउनिङ गरिदिएकी हुन् ।
यो सँगै मुनाले मिस इको इन्टरनेसनलमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछिन् । मिस इको इन्टरनेसनल २०१९ आगामी मार्च महिनाको १२ देखि ३० तारिखसम्म इजिप्टमा संचालन हुनेछ । मिस इको इन्टरनेसनलमा यस अघि नगमा श्रेष्ठ, प्रिन्सा श्रेष्ठ, रोनाली अमात्य र मौनता लामाले नेपालको तर्फ प्रतिनिधित्व गरेका थिए ।
दर्जनौं पटक फेसन शोको रनवेमा मोडल रुपमा प्रस्तुत भइसकेकी पाँच फिट पाँच इन्च उाचाईकी २२ वर्षिया मुना गौचन फेश अफ क्लासिक डायमण्ड २०१७ की विजेता पनि हुन् । विभिन्न टि.भि. तथा छापा विज्ञापनमा मोडलिङ् गरेकी मुनाले चपली हाइट टू, जालो र जालो रिटर्नस्मा अभिनेत्रीका रुपमा काम गरेकी छिन् ।