Successfully Copied

आमा !

मेरो पहिलो रूवाई शायद तिम्रो पहिलो सच्चा हँसाई त्यतिन्जेल सम्म त हाँसो कतै धरौटी राखेकी थियौ

मेरो पहिलो रूवाई

शायद तिम्रो पहिलो सच्चा हँसाई

त्यतिन्जेल सम्म त हाँसो कतै धरौटी राखेकी थियौ

तिम्रो रगत र पानीको डल्लो बाट म श्वास फेर्न तंग्रिदै गर्दा

आफ्नो श्वासनै बिर्सिएकी थियौ होलानी

मृत्यु को मुखबाट उछिट्टिनु पर्दा

भोक प्यास मेटाउन तिम्रा लाम्टा चुस्दै गर्दा

कहिल्यै मलाई जुको ठानिनौँ

लत्पतिएका मेरा पुठा सफा गर्न

कहिल्यै घिन मानिनौँ

बरू बिर्सियौ हौली तिमी आफै कति भोकि, कति प्यासी थियौ भनेर

अनि कस्ति झुत्री मैली थ्यौ भनेर

म कत्ति हाँस्थे, अबोध न थिएँ

तिमी कत्ति रून्थ्यौ, मेरो हाँसोको धेरै पीर थियो कतै कलिलैमा ओईली झर्छन् कि भनेर

कतै न उम्रदैं माटो भित्रै विलीन हुन्छन कि भनेर

म लड्थे तिमी ऊठाउथ्यौ, तिमी लडिनौ कहिल्यै, कि मैले देखिन ?

तिम्रो काखनै काफि, आगो कहिल्यै चाहिएन

कठ्यांग्रिदा सेकिन

सम्झन्छु पेटमा दौडेका मुसा..

मुसा त छानामा पनि दौडन्थे..तिमी धपाऊथ्यौ दुबै थरी मुसा..

तिमी भित्र त सायद बिरालो नै पालेकी थियौकि

मैले भेऊ नै पाईन

तर तिमी त आफै बघिनी थियौ

बिरालो किन चाहिन्थ्यो ?

समय अघि बढ्यो, किन रोकिन्थ्यो र कसैको लागि ?

हामी पनि कहाँ रोकियौ र हिड्यौं नि समयलाई चुनौती दिदै , समाजका वागी

तिमी सिगौंरी खेल्दै नियतीसँग

म सिगौंरी खेल्दै तिम्रो नाङ्गो काखसँग

हुर्कदै त थिएं नि हेर्दै तिम्रो चाउरिएको मुहार,

तिम्रो फुस्रा केश राशी, सोची कसरी ल्याउने बहार

जसरी ल्यायौ उसरी छोडी गयौ चटक्क

आफ्नो त हिसाब फस्योर्ट गर्यौ

तर मेरो हिसाब, कसलाई बुझाँउ म ?

नसम्झेको त तिमीलाई हैन..विर्सेको नै कहिले छ र

किन आजै आउनु पर्या तिमीलाई

परेली मा साउन भ र ?

डा. अनिल बराल

 

 Image