Successfully Copied

जाडोका लागि उपयुक्त पहिरन

वुलन फेब्रिकको लङ स्कर्ट, कार्फ लेन्थसम्मको स्कर्ट, टु पिस स्कर्ट यो जाडोका लागि तयार पारिएका पहिरन हुन् । लङ बुटसँग ओभरकोट वा सर्ट कोटसँग स्कर्ट लगाउँदा व्यक्तित्व पनि निखारिन्छ र न्यानो पनि हुन्छ । यस्तो स्कर्ट प्रिन्टेट ऊलन वा प्लेन ऊलनमा तयार गराउन सकिन्छ ।

जाडोका लागि कुन फेब्रिक उपयुक्त हुन्छ ?

भेल्भेट, ऊलन, भेला, लाइक्रा, ब्रोकेट, फूलकारी, रसिल्क, पस्मिना, ढाका, लिनेन आदि फेब्रिकले न्यानो बनाउँछन् । यसपटक ऊलनमा पनि धेरै डिजाइन आएका छन् । 

जाडोमा कुन कलर बढी प्रयोग गर्न सकिन्छ ?

डार्क कलर नै बढी लगाउन सकिन्छ । त्यसमा पनि यसपटकका लागि ब्ल्याक, पर्पल, रेड, चकलेट ब्राउन, क्ले ब्राउन, ओरेन्ज, एल्लो, ग्रे, पिंक, नियोन पिंक, डार्क ग्रिन, डस्की सेडर आदि फेसनमा छन् । यी कलर वार्म देखिन्छन् ।

क्याजुअल वेयरका लागि कस्ता डिजाइन निकाल्दै हुनुहुन्छ ?

वुलन फेब्रिकको लङ स्कर्ट, कार्फ लेन्थसम्मको स्कर्ट, टु पिस स्कर्ट यो जाडोका लागि तयार पारिएका पहिरन हुन् । लङ बुटसँग ओभरकोट वा सर्ट कोटसँग स्कर्ट लगाउँदा व्यक्तित्व पनि निखारिन्छ र न्यानो पनि हुन्छ । यस्तो स्कर्ट प्रिन्टेट ऊलन वा प्लेन ऊलनमा तयार गराउन सकिन्छ ।

कामकाजी महिलाहरूका लागि कस्तो पहिरनले न्यानो बनाउनका साथै स्मार्ट समेत देखाउँछ ?

लङ कुर्तीमा ऊलन पाइन्ट एकदमै उपयुक्त हुन्छ । कोटमा हिपसम्मको सर्ट कोट पनि राम्रो देखिन्छ । हिपलेन्थसम्मको कोटमा सिंगल बटन लगाउने र वेस्ट लेन्थसम्मको कोटमा बटन प्रयोग नगरी डिजाइन गर्ने । कामकाजी महिलाहरू अम्ब्रेला कट वेस्ट लेन्थ कोटमा स्मार्ट देखिन्छन् । यसमा भोलुम धेरै हुने भएकाले न्यानो पनि हुन्छ । 

जाडो मौसममा साडी वा लेहेंगाका के–कस्ता डिजाइनहरू बनाउनुभएको छ ?

साडी वा कुर्ता लगाउने हो भने भेल्भेटमा इम्ब्रोइडरी गरिएको फुल बाहुलाको ब्लाउज राम्रो तथा न्यानो हुन्छ । यस्तो ब्लाउजमा टिनेक तथा कलर नेक सुहाउँछ  । त्यसमा म्याचिङ भेल्भेटको लङ कोट निकै आकर्षक हुनुका साथै रोयल लुक्स प्रदान गर्ने खालको हुन्छ । हाइ र लो डिजाइनको भेल्भेटको लेहेंगा तथा ब्लाउजको ठाउँमा घुँडासम्म आउने भेल्भेटको कुर्ता पनि उपयुक्त हुनसक्छ । 

                                                      मोनिमा जोशी, भर्गो बुटिक, कुपन्डोल 

 Image