आदर्श प्रेमको नमुना जोडी
प्रेम र विवाहका भिन्नताबारे दुवैले एकसाथ भने, ‘प्रेम सम्मानित र आदर्श छ, प्रेम हुँदैमा विवाह हुनैपर्छ भन्ने छैन । प्रेम आदर्श हो भने विवाह संस्कारगत संस्था ।
नेप्लिज फेसन होमले आयोजना गरिरहेको मिस लिटिल नेवा:–११३९ का प्रतिस्पर्धी बालिका तथा किशोरीहरूले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । गत शनिबार काठमाडौंमा आयोजित ट्यालेन्ट शोमा २३ जना प्रतिस्पर्धीले प्रतिभा प्रस्तुत गरेका हुन् ।
नेवार समुदायका बालिका तथा किशोरीहरूले सहभागिता जनाइरहेको मिस लिटिल नेवा:–११३९ का प्रतिस्पर्धीहरूले ट्यालेन्ट शोमा गायन, नृत्य, बाद्यवादन तथा खेल कौशल प्रस्तुत गरेका थिए ।
नेवार समुदायका बालिका तथा किशोरीहरूलाई नेवार भाषा, नेवारी कला, संस्कृति र वेशभूषासम्बन्धी ज्ञान दिने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरले बताइन् ।