‘क्षमता र धैर्य भए महिलाका लागि अवसरै–अवसर’
लामो समयदेखि मोडलिङ क्षेक्रमा सत्रिय धादिङकी शिला गजुरेलले डेढ सयभन्दा बढी म्युजिक भिडियो तथा कमर्सियल विज्ञापनमा अभिनय गरिसकेकी छिन् ।

नेप्लिज फेसन होमले आयोजना गरिरहेको मिस लिटिल नेवा:–११३९ का प्रतिस्पर्धी बालिका तथा किशोरीहरूले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । गत शनिबार काठमाडौंमा आयोजित ट्यालेन्ट शोमा २३ जना प्रतिस्पर्धीले प्रतिभा प्रस्तुत गरेका हुन् ।
नेवार समुदायका बालिका तथा किशोरीहरूले सहभागिता जनाइरहेको मिस लिटिल नेवा:–११३९ का प्रतिस्पर्धीहरूले ट्यालेन्ट शोमा गायन, नृत्य, बाद्यवादन तथा खेल कौशल प्रस्तुत गरेका थिए ।
नेवार समुदायका बालिका तथा किशोरीहरूलाई नेवार भाषा, नेवारी कला, संस्कृति र वेशभूषासम्बन्धी ज्ञान दिने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरले बताइन् ।