प्रलिशाको शिरमा मिस नेवाः ११४५ को ताज
‘सशक्त महिला हुनुको अर्थ तपाईंका लागि के हो ?’ भन्ने निर्णायक प्रश्नको सटिक, सान्दर्भिक र उत्कृृष्ट उत्तर दिएसँगै प्रलिशा शाक्यले नेपाल टेलिकम मिस नेवाः ११४५ को ताज शिरमा सजाउन सफल भएकी छन् ।
रिचा ढकाल मिस टिन मेची–२०१८ घोषित भएकी छिन् । बिर्तामोडमा सम्पन्न प्रतियोगिताको ग्रान्ड फिनालेमा ‘नेपाली महिलाहरूको वर्तमान अवस्था कस्तो छ ?’ भन्ने प्रश्नमा उत्कृष्ट जवाफ दिँदै ढकालले उपाधि जितेकी हुन् ।
प्रतियोगितामा मौनता प्रसाईं फस्ट रनर्सअप तथा अंकिता उप्रेती सेकेन्ड रनर्सअप भए । यो प्रतियोगिताको आयोजना ड्रिम्स वल्र्ड इन्टरटेन्टमेन्ट बिर्तामोडले गरेको थियो ।