Successfully Copied

एक्सप्रेसिप साधना

युवा तथा विद्यार्थीहरूको सैद्धान्तिक एवं व्यावहारिक ज्ञान विस्तार गर्न, अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धी बनाउन, सीप विकास र क्षमता अभिवृद्धि गर्न मोटिभेटर, एड्भोकेट, फेसिलिटियटर, कम्युनिकेटरका रूपमा काम गरिरहेकी साधना हरेक क्षेत्र र निकायमा सोसल वर्कर हुनुपर्ने अन्तर्राष्ट्रिय प्रावधानलाई नेपालमा कार्यान्वयन गर्ने प्रयासमा छिन् ।

युरोपियन ग्र्याजुएट स्कुल स्विट्जरल्यान्डबाट ६ वर्षे एक्सप्रेसिप आर्ट थेरापी अध्ययन तीन वर्षमै सिध्याएर नेपाल फर्कदा साधना थापा यो कलालाई अब कसरी नेपालीहरूमाझ प्रस्तुत गर्ने भन्ने कुराले चिन्तित थिइन् । नेपालको पहिलो र एकमात्र एक्सप्रेसिभ आर्ट थेरापिस्ट थापा यही कलाका विविध विधामार्फत भैसकेका र विद्यमान असहज परिस्थितिलाई सहज बनाउन सहजीकरणको काम गर्छिन् । यसका अतिरिक्त उनी समाजसेवा भनिने ‘नेपाली ट्रेडिसनल टर्म’ लाई सिस्टमेटिक थ्योरी, व्यावसायिक एवं नैतिक सिद्धान्तभित्र रहेर समस्या समाधान गरिने व्यावसायिक पेसा बनाउन लागिपरेकी छिन् । 

सेन्टजेभियर्सबाट मास्टर्स इन सोसल वर्क डिग्री हासिल गरेकी साधना समाजसेवा र सामाजिक कार्यबीचको फरक छुट्याउँदै भन्छिन्– समाजसेवा आत्मसन्तुष्टिका लागि अपेक्षारहित रूपमा गरिन्छ भने सामाजिक कार्य समस्या समाधानका लागि गरिने व्यावसायिक कार्य हो जसलाई नेपालमा समाजसेवासँग तुलना गरिन्छ तर यो बिल्कुल फरक कार्य हो ।’ हाल ओरियन्ट कलेजमा शैक्षिक संयोजकको कार्यभार सम्हालिरहेकी साधनाले यो कहाँ, कस्तो स्थानमा र कसरी लागू गर्ने भन्ने कुरामा शैक्षिक संस्थान, नीति निर्माणका निकायहरूलगायत सरकारसँग वकालत गरिरहेकी छिन् । युवा तथा विद्यार्थीहरूको सैद्धान्तिक एवं व्यावहारिक ज्ञान विस्तार गर्न, अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धी बनाउन, सीप विकास र क्षमता अभिवृद्धि गर्न मोटिभेटर, एड्भोकेट, फेसिलिटियटर, कम्युनिकेटरका रूपमा काम गरिरहेकी साधना हरेक क्षेत्र र निकायमा सोसल वर्कर हुनुपर्ने अन्तर्राष्ट्रिय प्रावधानलाई नेपालमा कार्यान्वयन गर्ने प्रयासमा छिन् । 

समाजसेवी हुन एकेडेमिक डिग्री आवश्यक नपर्ने तर सोसल वर्करका लागि वैधानिक डिग्री होल्डर नै हुनुपर्ने प्रस्ट्याउँदै साधनाले भनिन्– यो उच्च व्यावसायिक पेसा हो जसमा थुप्रै सीप तथा क्षमता आवश्यक हुन्छन् । हाम्रो काम भनेको व्यक्तिगत, पारिवारिकलगायत व्यावसायिक संस्थान एवं सरकारी निकायभित्र आएका समस्यालाई सहजीकरण गरी समाधान गर्नु हो ।

५ वर्ष रिड नेपालमा सोसल वर्करका रूपमा काम गर्दाको परिणामले उनलाई निकै हौस्यायो । विकट ग्रामीण समुदायका महिलामा परिवर्तन ल्याउन सफल भएपछि उनी यो क्षेत्रमा अझ बढी मेहनतका साथ लागिपरिन् । सैद्धान्तिक एवं व्यावहारिक ज्ञानको उपयोगका लागि यो पेसालाई न्याय दिनुपर्छ भन्ने सोचले हाल उनी सोसल वर्कर एजुकेटरका रूपमा कार्यरत छिन् ।

ललितपुर विशंखुनारायणका गोकुलप्रसाद र शारदा थापाका ९ छोरीमध्येकी साधनाले नेतृत्व विकास, महिला सशक्तीकरण, सामाजिक परिचालन, प्रभावकारी सञ्चार आदि विषयमा स्वदेशी तथा विदेशी तालिम प्राप्त गरेकी छिन् । मनोविद् तथा परामर्शदाताले वार्तालापमार्फत समस्या समाधान गर्न खोज्दा कहिलेकाहीँ प्रभावित थप पीडामा जान सक्ने सम्भावना हुन्छ भन्ने साधना एक्सप्रेसिभ आर्ट थेरापीमा प्रभावितका पीडालाई आर्ट, म्युजिक, अडियो–भिजुअल, डान्स, पोयट्री, ड्रामा, स्टोरी टेलिङ आदिका माध्यमद्वारा फिलिङ्स एक्सप्रेस गर्न लगाइने बताउँछिन् । 

यस्तै क्रियाकलापद्वारा प्रभावितको समस्या पहिचान गर्दै समाधानका लागि अब कसरी अघि बढ्ने भन्ने कुरामा प्रस्ट भइन्छ । जुनसुकै उमेर र परिस्थितिका व्यक्तिहरूका लागि अत्यन्तै उपयोगी तथा सान्दर्भिक एक्सप्रेसिभ आर्ट थेरापीद्वारा व्यक्तिगत रूपमा स्टे«स म्यानेजमेन्ट, मोटिभेसन, एन्करेजमेन्ट, कन्फिडेन्ट विल्अप प्राप्त हुन्छन् भने संस्थानहरूमा वेस्ट वर्किङ इन्भाइरोन्मेन्टका लागि यो आवश्यक छ । यसले व्यक्तिगत एवं पारिवारिक समस्या समाधानमा भूमिका खेल्नुका साथै विविध मानसिक विचलन व्यवस्थापनका लागि सहयोगी भूमिका निर्वाह गर्छ । साधना भन्छिन्–‘सामाजिक कार्यलाई व्यवसायका रूपमा बलियो बनाउने तथा नेपालमै एक्सप्रेसिभ आर्ट थेरापी स्कुल स्थापना गर्ने योजनामा छु जसले ठूलो पैसा खर्चेर विदेश पढ्न जानबाट रोकोस् । मुख्य कुरा नेपालमै अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धी दक्ष जनशक्ति उत्पादन हुन सकून् ।’

 Image