Successfully Copied

निमोनियाका बारेमा

यसको संक्रमण भएपछि श्वासप्रश्वासमा समस्या सिर्जना हुन्छ । कीटाणुले फोक्सोमा आक्रमण गर्ने भएका कारण फोक्सोका कोषहरू सुन्निन्छन् अनि सास फेर्न कठिन हुन्छ ।

 
जाडो मौसममा निमोनियाँको संक्रमण बढी देखिन्छ । निमोनियाँ दिवस हरेक वर्ष १२ नोभेम्बरका दिन मनाइन्छ । निमोनियाँका बारेमा जनचेतना फैलाउन सन् २००९ देखि यो दिवस मनाउन थालिएको हो । यो वर्षको निमोनियाँ दिवसको नारा ‘स्टप निमोनियाँ’ थियो । 
 
निमोनियाँ छातीमा हुने संक्रमण हो । पाँच वर्षभन्दा कम उमेरका बालबालिकाहरूमा यसको जोखिम बढी हुन्छ । 
यसको संक्रमण भएपछि श्वासप्रश्वासमा समस्या सिर्जना हुन्छ । कीटाणुले फोक्सोमा आक्रमण गर्ने भएका कारण फोक्सोका कोषहरू सुन्निन्छन् अनि सास फेर्न कठिन हुन्छ । 
 
विश्व स्वास्थ्य संगठनका अनुसार निमोनियाँका कारण एक वर्षमा पाँच वर्षमुनिका १६ लाख बालबालिकाको मृत्यु हुन्छ भने नेपालमा उक्त संख्या पाँच हजारभन्दा माथि छ । 
 
लक्षण 
रुघाखोकी लाग्नु । 
 
छिटोछिटो सास फेर्नु । सास फेर्दा घ्यारघ्यार आवाज आउनु । 
दूध खाने बालबालिकाले दूध चुस्न नसक्नु । 
 
कोखा हान्ने समस्या । निमोनियाँका लक्षण देखिए तत्काल अस्पताल लानुपर्छ । समयमै उपचार भएन भने ज्यानसम्म जान सक्छ । यसको उपचार अवस्था हेरेर गरिन्छ । कतिपय अवस्थामा सरल उपचारले निको हुन्छ भने कतिपय अवस्थामा एन्टिबायोटिक औषधि नै सेवन गर्नुपर्ने हुन्छ । 

 Image