अपाङ्गता भएकाको अब्बल परिचय
अपाङ्ग सन्तान जन्मिए नानाथरिका कुरा गरिन्छ । जस्तै, ‘पूर्वजुनीको पापको फल पाएको, आमा अलच्छिनी भएको, गर्भावस्थामा गर्न नहुने काम गरेको, पाप कुर्लिएको, फलानोलाई यसो गरेको थियो यही जुनीमा देखियो आदि ।

कुनै पनि अंगमा हुने पीडा (दुखाइ) जुन कुनै रोग तथा चोटसँग जोडिएको हुन्छ तर रोग निको भए पनि पीडा भने कम हुँदैन । यस्तै पीडा कम गर्ने काममा लागिपरेकी छिन् डा. निनादिनी श्रेष्ठ । कुपण्डोलकी स्थायी बासिन्दा निनादिनी परिवारकी कान्छी छोरी हुन् । उनका एक दाइ छन् ।
स्कुले जीवन काठमाडौंबाट पूरा गरेकी निनादिनीले पोखराको मणिपाल मेडिकल कलेजबाट एमबीबीएस तथा शिक्षण अस्पतलाबाट एनेस्थेसियामा एमडी गरेकी हुन् । त्यसपछि उनले इन्टभेन्सनल पेन म्यानेजमेन्ट फेलोसिप हैदरावादबाट पूरा गरिन् ।डा. निनादिनीका अनुसार मानिसलाई धेरै किसिमको पीडाले दु:ख दिइरहेको हुन्छ । यस्तो पीडा तीन महिना वा त्यसभन्दा पनि लामो समय रहन्छ भने त्यो दीर्घकालीन पीडा कहलिन्छ ।
अध्ययनका क्रममा अंकोलोजी डिपार्टमेन्टमा काम गर्दा क्यान्सरका रोगीको असह्य पीडा देखेर उनलाई असाध्यै दु:ख लाग्यो । त्यसपछि उनले यससम्बन्धी सामग्री खोजी–खोजी पढिन् । त्यसैले उनलाई यो क्षेत्रमा लाग्न प्रेरित गर्यो । पीडाले मानिसको दैनिक जीवनमा बाधा उत्पन्न गर्छ । कतिपय अवस्थामा अति पीडाले महिलालाई ठूलो कष्ट हुन्छ । यस्तो अवस्थामा कतिपय महिला समाजबाट तिरस्कृतसमेत हुन पुग्छन् ।
लामो समयदेखि ढाड दुख्ने, बाथका कारण शरीर सुन्निने वा दुख्ने, नसाको पीडा, मधुमेहका कारण हातखुट्टा झमझम गरी हुने पीडा, हाडजोर्नीको पीडा, टाउको दुख्ने, क्यान्सर रोगका कारण हुने पीडा (दुखाइ) आदि दीर्घकालीन पीडा हुन् । यसलाई औषधि तथा इन्जेक्सनको सहयोगले कम गर्न सकिने डा. निनादिनी बताउँछिन् । बिरामीले असह्य पीडा सहेर बस्नुपर्ने बाध्यता अब छैन ।
पीडाको अनुभूतिले मानिसको बानी–व्यवहार, सामाजिक संस्कार तथा आत्मविश्वासमा फरक पर्ने भए पनि अहिले हाम्रो समाजमा जस्तोसुकै शारीरिक पीडा सहेर बस्नुपर्ने बाध्यता छ ।
उपचारका लागि आएका बिरामीमध्ये धेरै महिलामा पीडा भएको पाइएको छ । त्यसमा पनि ढाड दुख्ने तथा हाडजोर्नीको समस्या धेरैमा छ । विगत आठ वर्षदेखि बिरामीको पीडामा राहत पुर्याउँदै आएकी डा. निनादिनी उपचारपछि बिरामी निको भएर खुसी हुँदा रमाउँछिन् । बिरामीले पीडाको औषधि आफै प्रयोग गर्नुभन्दा चिकित्सकको सिफारिसमा मात्र खानु वेश हुन्छ ।
कुनै पनि रोगको पीडा क्रोनिकमा पुग्नुभन्दा सुरुवाती अवस्थामै उपचार गर्न आए रोग निको हुने सम्भावना बढी हुन्छ । क्रोनिक पीडाले आफूलाई मात्र नभएर परिवार तथा समाजमा समेत असर पार्न सक्छ ।
धेरै बिरामीलाई निको पारिसकेकी डा. निनादिनीको दैनिकी बिहान ८ बजे सुरु हुन्छ । शिक्षण अस्पतालमा बिरामीको उपचारपछि उनी बेलुकी निदान अस्पताल पुग्छिन् । फुर्सदमा घरपरिवारसँग बस्न मनपराउने डा. निनादिनीका श्रीमान् पनि चिकित्सा पेसामै छन् । डा. श्रेष्ठ समयले साथ दिएसम्म परिवारसँग पिकनिक जान, फिल्म हेर्न, क्याफेमा साथीभाइसँग बसेर कफी पिउँदै उपन्यास पढ्न रुचाउँछिन् । परिवारले पूर्णरूपमा सहयोग गरेकाले उनले ढुक्कसँग बिरामीको उपचार गर्न पाएकी छिन् ।