महिला संघर्षको गुन्जन
के देख्दै छु म आज पनि, महिला घरबाट निस्किन हुन्न अरे मान र प्रतिष्ठा घरको उसकै हातमा छ अरे भइरहेको छ बाल विवाह अझै पनि भन्छन् सक्दिन छोरीको बोझ धान्न केही गरी पनि
पोखरामा आयोजित विद्यालयस्तरीय खुला नृत्य प्रतियोगिताको उपाधि सेन्ट मेरिज स्कुलकी एलिसा बुढाथोकीले जितेकी छिन् । पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको यो प्रतियोगितामा जुनियर सिटिजन्सकी समृद्धि पाण्डे फस्ट रनर्सअप तथा हिमाञ्चलकी एञ्जिला गुरुङ सेकेन्ड रनर्सअप घोषित भए ।
विद्यालयस्तरीय सामूहिक नृत्य प्रतियोगिताको उपाधि भने सूर्योदय बोर्डिङ स्कुलले जित्यो । उक्त विधामा कुमुदिनी होम्स फस्ट रनर्सअप तथा जुनियर सिटिजन्स स्कूल सेकेन्ड रनर्सअप भए ।
पोखरा उद्योग वाणिज्य संघले सफल एक्स्पोका साथमा तेस्रो मोबाइल मेलाको अवसरमा उक्त प्रतियोगिता सञ्चालन गरेको थियो ।