कलामा बिम्बित महिला अधिकारका मुद्दा
दक्षिण एसियाका १० चर्चित कलाकारका सिर्जनाले महिला अधिकारका मुद्दालाई गहिरो विश्लेषण र संवेदनशील दृष्टिकोणबाट प्रस्तुत गरेका छन् । सामाजिक संरचनामा भएको असमानता र महिलाको प्रतिरोधको महत्व पनि कलामा उजागर भएको छ ।

पोखरामा आयोजित विद्यालयस्तरीय खुला नृत्य प्रतियोगिताको उपाधि सेन्ट मेरिज स्कुलकी एलिसा बुढाथोकीले जितेकी छिन् । पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको यो प्रतियोगितामा जुनियर सिटिजन्सकी समृद्धि पाण्डे फस्ट रनर्सअप तथा हिमाञ्चलकी एञ्जिला गुरुङ सेकेन्ड रनर्सअप घोषित भए ।
विद्यालयस्तरीय सामूहिक नृत्य प्रतियोगिताको उपाधि भने सूर्योदय बोर्डिङ स्कुलले जित्यो । उक्त विधामा कुमुदिनी होम्स फस्ट रनर्सअप तथा जुनियर सिटिजन्स स्कूल सेकेन्ड रनर्सअप भए ।
पोखरा उद्योग वाणिज्य संघले सफल एक्स्पोका साथमा तेस्रो मोबाइल मेलाको अवसरमा उक्त प्रतियोगिता सञ्चालन गरेको थियो ।