Successfully Copied

स्वास्थ्यसँग मन्त्रको सम्बन्ध

विज्ञानसँग मन्त्रको सम्बन्ध खोजी गर्ने क्रममा केही वर्षअघि नासाले ब्रह्माण्डमा सूर्यको ध्वनि रेकर्ड गरेर कम्प्रेस गर्‍यो ताकि त्यसलाई हामीले सुन्न सकौं । त्यसलाई सुन्दा के प्रस्ट भयो भने उक्त ध्वनि हजारौं वर्षअघि वेदमा वर्णन गरिएको थियो र त्यो थियो–ॐ ।

ध्वनि नै शक्ति 

मन्त्र खासमा ध्वनि हो, विज्ञानको भनाइमा ध्वनि ऊर्जाका अतिरिक्त अरू केही होइन । यसरी हेर्दा मन्त्रको सीधा अर्थ हो–ऊर्जा । मन्त्र जप गर्नुको अर्थ शक्तिका विभिन्न स्तरलाई महसुस गर्नु हो ।

एउटै ध्वनिले अलग–अलग स्थानमा फरक–फरक परिणाम दिन्छ । विज्ञानका अनुसार मानव शरीर ऊर्जाको एउटा सघन रूप हो । जब कुनै खास मन्त्रलाई खास उद्देश्यका साथ जप गरिन्छ तब शरीरको शक्ति स्पष्ट एवं पूर्णरूपले महसुस गर्न सकिन्छ ।  

विज्ञान र मन्त्र

मन्त्रले कसरी मानव जीवन एवं स्वास्थ्यलाई प्रभावित गर्छ भन्ने कुराको वर्णन हजारौं वर्षअघि लिखित  वेदमा बताइएको छ । यो कुराको खोज विभिन्न वैज्ञानिक आधारमा गरिएको छ जसअनुसार मन्त्र तथा विज्ञानबीच गहिरो सम्बन्ध पुष्टि भएको छ ।

मन्त्रको एउटा निश्चित तरङ्ग हुन्छ । नियमित मन्त्र जप गर्दा मानव शरीरको स्नायु प्रणालीमा एक प्रकारको लयात्मक दबाब उत्पन्न हुन्छ जसबाट शरीरका चक्र जागृत भै शरीर एवं मस्तिष्कमा ऊर्जा भरिन्छ ।

मन्त्रोच्चारणबाट जुन तरङ्ग पैदा हुन्छ त्यसको सकारात्मक असर हाम्रो शरीर एवं मनमा पर्छ । लगातार मन्त्र जप्दा जिब्रो र तालुबीच जुन सम्पर्क हुन्छ, ॐ को उच्चारण गर्दा जुन ध्वनि नाभिदेखि आउँछ, ती सबैको असर शरीरका विभिन्न दबाब विन्दुमा पर्छ जसबाट आफूलाई स्वस्थ एवं ऊर्जावान् अनुभव गर्न सकिन्छ ।

विज्ञानसँग मन्त्रको सम्बन्ध खोजी गर्ने क्रममा केही वर्षअघि नासाले ब्रह्माण्डमा सूर्यको ध्वनि रेकर्ड गरेर कम्प्रेस गर्‍यो ताकि त्यसलाई हामीले सुन्न सकौं । त्यसलाई सुन्दा के प्रस्ट भयो भने उक्त ध्वनि हजारौं वर्षअघि वेदमा वर्णन गरिएको थियो र त्यो थियो–ॐ । यो मन्त्र लगातार सुन्दा एउटा विशेष प्रकारको कम्पन महसुस हुन्छ । नासाको यो अनुसन्धानबाट मन्त्रले हाम्रो मनमस्तिष्कमा पार्ने गहिरो प्रभाव पुष्टि भएको छ । 

ओहायो युनिभर्सिटीले गरेको एउटा अर्को अनुसन्धानबाट के पुष्टि भएको छ भने ध्यान वा डिप मेडिटेसन गर्दा मानिसको रोगप्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ । त्यति मात्र होइन जसले नियमित ध्यान गर्छन् उनीहरूमा स्तन क्यान्सरको खतरा कम हुनुका साथै मांसपेशीको पीडासमेत ठीक हुन्छ । 

विभिन्न अनुसन्धानबाट के पाइएको छ भने रोगीहरूमा मन्त्रको प्रयोगले अत्यन्त सकारात्मक परिणाम देखा पर्छ । अनुसन्धानअनुसार निश्चित ध्वनि तरङ्गले हाम्रो मस्तिष्कलाई विशेष प्रकारको आरामदायक स्थितिमा पुर्‍याइदिन्छ जसलाई वैज्ञानिक भाषामा अल्फा स्टेट भनिन्छ ।

ध्वनिमा अपार शक्ति छ । ध्वनिका कारण ठूल्ठूला भवन, पुल एवं मानवनिर्मित अन्य संरचना मात्र होइन मानिसको स्नायु प्रणालीसमेत प्रभावित हुनसक्छ । जसरी दीपक रागको प्रयोगबाट बत्ती बाल्न तथा मल्हार रागको प्रयोग गरेर पानी पार्न सकिन्छ ।

वैज्ञानिक उपलब्धिका कारण हामीले के थाहा पाएका छौं भने विशेष तरङ्गहरू मानव कानले सुन्न सक्दैन तथापि सोनोग्राफी एवं अल्ट्रासाउन्डमार्फत विभिन्न प्रकारका रोगको सफल उपचार गर्न सकिन्छ । केही प्रयोगबाट के देखिएको छ भने विशेष ध्वनि सुनाउने क्रममा कुखुराका सबै प्वाँख झर्छन् भने रुख–बिरुवा एवं बालीनालीसमेत सुक्नसक्छन् ।

शब्दको शक्ति अथाह छ । सैनिकहरूलाई उत्साहवद्र्धक शब्द सुनाउँदा हारिसकेको युद्धसमेत जित्न सकिन्छ भने अपशब्दका कारण अभिन्न मित्रतामा समेत फाटो सिर्जना हुनसक्छ ।

मन्त्र विज्ञान हो, धर्म वा अन्धविश्वास होइन 

सामान्यत: मानिसहरूमा के भ्रम छ भने मन्त्रको सम्बन्ध खास धर्मसँग हुन्छ । जब कि अनेकौं वैज्ञानिक अनुसन्धानबाट के प्रस्ट भैसकेको छ भने मन्त्रको सम्बन्ध विज्ञानसँग छ । हरेक धर्म एवं समुदायका मानिसले यसको प्रयोग गरी स्वास्थ्यलाभ गर्नसक्छन् ।

मन्त्रको अर्थ हेर्दा के स्पष्ट हुन्छ भने मनको अर्थ मस्तिष्क हो र त्रको अर्थ तरङ्ग वा कम्पन हो । मन्त्रोच्चारण गर्दा त्यसबाट उत्पन्न हुने कम्पनले हाम्रो मस्तिष्कलाई प्रभावित तुल्याउनुका साथै उक्त समयको श्वासप्रश्वासको लयले शरीरका विभिन्न ग्रन्थिहरूमा समेत प्रभाव पार्छ, जसको सीधा असर स्वास्थ्यमा हुन्छ । 

मन्त्र जप गर्दा मानव शरीर ध्यानको अवस्था र मस्तिष्क अल्फा स्टेटमा पुग्छ । फलत: स्नायु प्रणाली सन्तुलित हुने भएकाले तनावरहित हुन सकिन्छ ।

मन्त्रको नियमित जपबाट रोगप्रतिरोधक क्षमता वृद्धि हुन्छ किनभने यसको प्रभाव हाम्रो मस्तिष्क तथा स्नायु प्रणालीमा पर्छ जसबाट शरीरका हार्मोनहरू प्रभावित हुन्छन् । मन्त्रको सकारात्मक प्रभावका कारण सेराटोनिन एवं डोपामाइनजस्ता ह्याप्पी हार्मोनहरू निस्कन्छन् र मस्तिष्क आनन्दको अवस्थामा पुग्छ । यति मात्र होइन मुड, भोक तथा निद्रासँग जोडिएका हाम्रा मस्तिष्क केन्द्रहरू प्रभावित हुन्छन् र हार्मोनको स्तर सन्तुलित बन्नपुग्छ जसबाट हाम्रो रोगप्रतिरोधात्मक क्षमता सबल हुन्छ ।    

 Image