Successfully Copied

कफीप्रति बढ्दो आकर्षण

कफीले रिफ्रेस गराउँछ । सधै एक्टिभ राख्छ भने स्मरणशक्ति पनि बढाउँछ । विश्वका ७० प्रतिशत मानिस अरेबिका कफी सेवन गर्छन् । अरेबिका कफी हल्का तथा सुगन्धित हुन्छ । ३० प्रतिशतले रोबुस्टा सेवन गर्छन् । यो स्वादमा तीतो हुनुका साथै यसमा अरेबिकाको तुलनामा ५०

कफीको स्वाद लिएर थकान मेटाउँदै पुस्तक पढ्न होस् वा ल्यापटपमा अफिसको वा व्यक्तिगत काम गर्न कफी सप जाने चलन बढ्दै गएको छ । यतिमात्र होइन भेटघाट, रमाइलो तथा मिटिङका लागि कफी सप नै उपयुक्त गन्तव्य मानिन्छ । यसले गर्दा पनि बारिस्टाको माग बढ्दो छ । 

उदयपुरकी लक्ष्मी श्रेष्ठले कफीप्रति आकर्षित भएकै कारण कफी बनाउने तालिम लिएकी थिइन् । पहिलेदेखि नै यसमा रुचि भएकाले हिमालयन कफी बिन्समा तालिम लिएपछि उनी यही क्षेत्रमा लागिन् । लक्ष्मी मात्र होइन अहिलेका धेरै युवाको आकर्षण कफी मेकिङमा छ । धेरै कफी पसलले कफीसम्बन्धी तालिम दिन थालेका छन् । जसलाई बारिस्टा भनिन्छ । नेपालमै कफी बनाउनेदेखि विदेश जानेहरूका लागिसम्म यो तालिमको लोकप्रियता बढ्दै गएको छ । 

विदेशमा मात्र होइन नेपालमा पनि कफीको माग बढ्दो छ । त्यसैले धेरै युवाको रोजाइ अहिले बारिस्टा हो । यसले नयाँ सीपको विकास गर्नुका साथै रोजगारीको अवसरसमेत सिर्जना गरेको छ । कफी बनाउन सिक्न धेरै समय पनि लाग्दैन र सिकेपछि तुरुन्त कामसमेत पाइन्छ । थापागाउँस्थित एस्प्रेस्सो अर्गानिक कफी हाउसकी बारिस्टा एलिजा रानाले कफी बनाउने तालिम होटल मल्लमा लिएकी थिइन् । नेपालगन्जकी एलिजा पहिलेदेखि नै कफी लभर भएकाले यही क्षेत्रमा लागेको बताउँछिन् । उनका अनुसार बोर फिल भएका बेला वा निद्रा लागेका बेला कफीको सेवन अझ उपयोगी हुन्छ । दिनमा ४–५ पटकसम्म एस्प्रेस्सो सेवन गर्ने एलिना कफीले मुड फ्रेसगराउने दावी गर्छिन । 

यसैगरी दोलखाकी सुशीला बर्सौला पनि सुरुमा कफी सपमा काम गर्थिन् । पछि यसको लोकप्रियता बढ्दै गएकाले उनले हाइल्यान्ड बिन्स कफीमा बारिस्टाको तालिम लिइन् । तालिमपछि कफी बनाउन अझ सहज भएको सुशीला बताउँछिन् । अहिले एअरपोर्टस्थित सिएन कफी सपमा कफी बनाउने सुशीला विदेशीले नेपाली कफी स्वादिलो मानेर पिउँदा रमाइलो मान्छिन् । उनका अनुसार गर्मीमा आइस कफीको माग बढी हुन्छ भने जाडोमा हट कफी बढी सेवन गरिन्छ । यसको बढ्दो मागकै कारण पछि आफ्नै कफी सप खोल्ने योजना रहेको पनि सुशीलाले बताइन् । 

कफीमा विश्वव्यापी करिअर भएको हिमालयन कफी बिन्सका संचालक जनक बुढाथोकी बताउँछन् । बढ्दो कफी कल्चरका कारण पनि धेरै जना यसतर्फ आकर्षित हुँदै गएका छन् । कफी सप खोल्न, सीप सिक्न तथा बाहिर जान सबैतिर यसको राम्रो स्कोप भएको बुढाथोकी बताउँछन् । विदेशमा काम पाउन सजिलो भएकाले पनि धेरैको रोजाइ बारिस्टा भएको छ । तालिममा ८० प्रतिशत प्राक्टिकल हुन्छ भने २० प्रतिशत सैद्धान्तिक ज्ञान दिइन्छ । तालिम लिएर मात्र हुँदैन, प्रयोगात्मक रूपमा काम गरिरहे मात्र

 Image