Successfully Copied

नारी स्वतन्त्रताका लागी सोनाको उद्घोष

लामो समयदेखी शास्त्रिय संगीतमा साधानारत अमात्यको ‘म त खुल्ला छु’ गीतले आफ्नो करियर तथा लक्ष्यमा आत्माविश्वासका साथ अगाडी बढ्न, आत्मनिर्भर हुन तथा नारी जातिले सही स्वतन्त्रता उपभोग गन हौस्याउंछ ।

गायिका सोना अमात्यको ‘म त खुल्ला छु’ गत साता रिलिज भएको छ । ‘बर्न फ्रि’ नाराका साथ आएको यो म्युजिक भिडियोले महिला स्वतन्त्रता र शसक्तिकरणको आजाव बोलेको छ । भर्सटायल सोना अमात्यको स्वरमा बजारमा आएको यो म्युजिक भिडियोले मुलत नेपालका समग्र जाति, उमेर, समुह र तहका नारीलाइ आफ्नो लक्ष्यमा दृढ भएर अगाडी बढ्न उत्प्रेरित गरेको छ । आनन्द अधिकारीको शब्द तथा शिखर प्रसाईको संगीतमा तयार म त खुल्ला छु गीतको म्युजिक भिडियो विबेक सिंह ठकुरीले निर्देशन गरेका हुन् ।

भिडियोमा गायिका सोना स्वयं शसक्त अवतारमा प्रस्तुत भएकी छिन् । क्रियटिभ कन्सेप्ट मेकिङ, मोडल्रिङ, गायन लगायत बिबिध खुबी र क्षमताकी धनी सोनाले हालसम्म दर्जनौं गीतमा स्वर दिइसकेकी छिन् । लामो समयदेखी शास्त्रिय संगीतमा साधानारत अमात्यको ‘म त खुल्ला छु’ गीतले आफ्नो करियर तथा लक्ष्यमा आत्माविश्वासका साथ अगाडी बढ्न, आत्मनिर्भर हुन तथा नारी जातिले सही स्वतन्त्रता उपभोग गन हौस्याउंछ ।

नारीमा भएका बिबिधता र अलौकिक गुणको चर्चा गरिएको यो म्युजिक भिडियोले महिलालाई परनिर्भर नभइ स्वाबलम्वी र कसैको भर नपर्ने अदम्य हुन सन्देश प्रवाहा गरेको छ । फुल सर्कल प्रिजेन्टस ‘म त खुल्ला छु’ मा नेपालका बिभिन्न मनोरम स्थलका दृश्या कैद गरिएको छ भने अन्त्यमा बर्न फ्रि को नाराद्धारा कोही व्यक्ति बांधिएर होइन आफ्नो कर्ममा स्वतन्त्र भएर लागे सफलता मिल्ने संकेतात्मक सन्देश ब्यक्त गर्न खोजिएको छ ।

 Image