Successfully Copied

कात्तिक महिनाको राशिफल

पारिवारिक सुुख–समृद्धि बढ्नेछ । शारीरिक एवं मानसिक रूपले शरीर स्वस्थ रहनेछ । काम गर्ने जाँगर वृद्धि हुनेछ भने शरीर पनि फुर्तिलो रहनेछ । कतै घुुम्न जाने अवसर जुट्नसक्छ । आफ्ना प्रियजनसित भेटघाट होला । आर्थिक पक्ष सुुदृढ रहनुका साथै व्यवसायिक क्षेत्र पनि सन्तोषजनक

मेष

 

काममा  सफलता हात पर्नेछ । विशेष कामले यात्रा हुुनसक्छ । व्यक्तिगत कार्य एवं खुुसीका लागि समय निस्कनेछ । कतैबाट आकस्मिक उपहार प्राप्त हुनसक्छ । आर्थिक पक्ष सुुदृढ हुुनुका साथै व्यवसायिक क्षेत्र पनि सफल रहनेछ । सन्तानबाट सुुख एवं सन्तोष मिल्नेछ । प्रतियोगितात्मक कार्यमा सफलता पाइएला । पेटसम्बन्धी समस्या हुुनसक्ने भएकाले खानपानमा ध्यान पुर्‍याउनुहोला ।

वृष

मनमा भएको चिन्ता हटेर जानेछ । काम गर्ने जाँगर वृद्धि हुनुका साथै शरीर पनि फुर्तिलो रहनेछ । पारिवारिक वातावरण सुुखमय रहनेछ । साथीभाइहरूसित रमाइलो जमघट हुुनसक्छ । व्यवसायिक क्षेत्र सफल रहनेछ । प्रतिस्पर्धात्मक कार्यमा सफलता हात पर्नेछ । अनपेक्षित विवादको सम्भावना भएकाले कसैसित बोल्दा वा ठट्टा गर्दा सजगता अपनाउनुुहोला । आपूूmले थाहा नपाएको र नबुुझेको कुुरामा नबोल्नुु नै मुुनासिब हुन्छ ।

मिथुन

पारिवारिक खुुसीका निम्ति केही खर्च हुुनसक्छ । विभिन्न व्यक्तिहरूसित भेटघाट गर्ने अवसर जुट्नेछ । दाम्पत्य जीवनमा समझदारी कायम रहनेछ । आफ्नो इच्छानुुसार काम गर्ने मौका मिल्नेछ । व्यक्तिगत कार्यमा सफलता हात पर्नेछ । व्यावसायिक क्षेत्र फाइदाजनक देखिन्छ । प्रतिस्पर्धामा विजयी भइनेछ । नयाँ एवं पुुराना साथीसँगीहरूसित भेटघाट होला ।

कर्कट    

परिवारमा वैचारिक मतभेद हुुनसक्ने भएकाले व्यवहारिक कार्य गर्दा सजग रहनुुहोला । एक–अर्काको मनसाय बुुझ्न सके सम्भावित विवाद टर्नसक्छ । प्राय: सबै कार्य आफ्नै रोहबरमा सम्पन्न हुुनेछन् । कुुनै कामले सानोतिनो यात्रा गर्नुुपर्ने हुनसक्छ । तपाईंको इच्छाको ख्याल गरिनेछ । घुुमघाम एवं किनमेलमा रुचि बढ्नेछ । टाउको, आँखा एवं पेट दुुख्ने सम्भावना भएकाले सजग रहनुुहोला ।

सिंह

पारिवारिक सुुख–समृद्धि बढ्नेछ । शारीरिक एवं मानसिक रूपले शरीर स्वस्थ रहनेछ । काम गर्ने जाँगर वृद्धि हुनेछ भने शरीर पनि फुर्तिलो रहनेछ । कतै घुुम्न जाने अवसर जुट्नसक्छ । आफ्ना प्रियजनसित भेटघाट होला । आर्थिक पक्ष सुुदृढ रहनुका साथै व्यवसायिक क्षेत्र पनि सन्तोषजनक देखिन्छ । दाम्पत्य जीवन सुुखमय रहनेछ । व्यक्तिगत कार्यमा समेत सफलता हात पर्ला । योजना अनुुरूप सबै कार्य सम्पन्न गर्न पाउँदा मनमा प्रसन्नता छाउनेछ ।

कन्या        

पारिवारिक सुुख मिल्नुुका साथै व्यक्तिगत कार्यमा सफलता हात पर्नेछ । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । आर्थिक लाभ हुुनुका साथै आफ्नो इच्छानुुसार समय यापन गर्ने अवसर जुट्नेछ । अनावश्यक खर्च हुुनसक्ने भएकाले सजग रहनुुहोला । आकस्मिक समस्या उत्पन्न भए पनि त्यसको समाधान अवश्य निस्कनेछ । शान्त रही धैर्यपूर्वक काम गरे सबै काम सहजरूपले सम्पन्न हुुनेछन् । टाउको एवं आँखा दुुख्ने समस्या सिर्जना हुुनसक्ने भएकाले झिनामसिना काम गर्दा सतर्क रहनुु होला ।

तुला

विभिन्न जिम्मेवारी निर्वाह गर्नुुपर्नेछ । कुुनै कामले यात्रा पनि गर्नुुपर्ला । सहयोगी हातहरू पछि हट्नसक्ने भएकाले आफ्नो कार्य आफै गर्ने प्रयास गर्नुुहोला । स–साना कामका लागि पनि निकै दिमाग खियाउनुुपर्नेछ । खानपिनको तालमेल नमिल्दा पेट गडबड हुुनसक्छ । केही समय आफ्नो व्यक्तिगत खुुसी एवं स्वास्थ्यका निम्ति छुुट्याउनुुहोला । आफ्नो रुचिअनुुसार मनोरञ्जक कार्यमा संलग्न हुुने अवसर जुट्नेछ ।

वृश्चिक    

काम गर्दा विभिन्न माध्यमबाट सहयोग प्राप्त हुुनेछ । कतिपय काम भने आफै एक्लैले गर्नुुपर्नेछ । विभिन्न कुुराको लाभ हुुनेछ । व्यक्तिगत कार्य एवं खुुसीका लागि पनि केही खर्च हुुनसक्छ । पुुराना एवं नयाँ साथीहरूसँग भेटघाट गर्ने अवसर जुट्ला । काम गर्दा अपजस मिल्नसक्ने भएकाले आफ्नो कार्यक्षेत्रमा सक्रिय रहनुुहोला । अनपेक्षित विवाद हुुनसक्ने भएकाले कसैसित बोल्दा वा ठट्टा गर्दा ध्यान पुर्‍याउनुहोला ।

धनु

शारीरिक स्वास्थ्य राम्रो रहनुुका साथै काम गर्ने जाँगर पनि बढ्दै जानेछ । कतै घुुमघाम गर्ने अवसर मिल्नसक्छ । कुुनै काम विशेषले यात्रा गर्नुुपर्ला । काममा सफलता हात पर्नेछ । तपाईंको स्वास्थ्य एवं खानपिनप्रति सबैले चासो दिनेछन् । छोराछोरीले पनि आफ्नो कुुरा बुुझेर काम गर्ने प्रयास गर्नेछन् । सानो कुुराले पनि मन खुसी हुनेछ । राम्रो गर्दागर्दै पनि अनाहकमा कुुरा सुुन्नुुपर्ला । धैर्य धारण गर्दै उचित समयमा बोल्नु लाभदायक हुुनेछ ।

मकर        

योजनानुुरूप सबै कार्य सफल हुुँदै जानेछन् । पारिवारिक वातावरण सुुखमय रहनेछ । सबैले तपाईंको काममा सहयोग गर्नेछन् । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहला । परिवार, माइती, इष्टमित्र एवं साथीभाइसँग भेटघाट हुँदा मन हर्षित हुुनेछ । आकस्मिक उपहार प्राप्त हुनुका साथै विभिन्न कुुराको लाभ होला । टाढा भएका दाजुुभाइ एवं दिदीबहिनीहरूसित भेटघाट गर्ने अवसर जुट्नेछ ।

कुम्भ

दाम्पत्य जीवन सुुखमय रहनुुका साथै आपसी समझदारी कायम रहनेछ । परिवारमा सुुख–सन्तोष छाउनेछ । विभिन्न कुुराको लाभ हुुनेछ । पारिवारिक घुुमघाम हुुनसक्छ । अनावश्यक खर्च हुुनसक्ने भएकाले किनमेल गर्दा सजग रहनुुहोला । पेट एवं रक्तचापका बिरामीहरूले आफ्नो स्वास्थ्य एवं खानपिनमा ध्यान दिनुुपर्नेछ । केही समय आफ्नो व्यक्तिगत कार्यका लागि पनि छुुट्याउनुुहोला ।

मीन

महिनाको पहिलो साता शुुभ रहनेछ । कुुनै कुुराले मन दोधार हुुनसक्छ । छोराछोरीको खुुसीका लागि कतिपय कुुरामा सम्झौता गर्नुुपर्ला । सानोतिनो कार्यका लागि पनि निकै खट्नुुपर्नेछ । प्रतिस्पर्धीहरूबाट टाढै रहनुुहोला । कसैसित आफ्नो मनपेट नखोल्नुुहोला । दाम्पत्य जीवनमा एक–अर्काको मनोभाव बुुझेर काम गर्नसके सम्भावित विवाद टर्नसक्छ । खुुसी रहन केही समय आफ्नो व्यक्तिगत कार्य एवं स्वास्थ्यका लागि पनि छुुट्याउनुुहोला । सकारात्मक सोच राखे हरेक काममा सफलता हात पर्नेछ ।

 Image