Successfully Copied

पाऐज्या

चिकेन २० ग्राम, पाऐज्या स्टक १ वटा, लसुनको पेस्ट १० ग्राम, टमाटरको पेस्ट १० ग्राम, पापरिका १० ग्राम, सोथे गरिएको सिमी तथा क्याप्सिकन १० ग्राम, तेलमा प्याज, लसुन, मटर तथा सिमी राखेर पकाइएको सामग्री २० ग्राम, ताइचिनको चामल ५० ग्राम, सी फुड

सामग्री : चिकेन २० ग्राम, पाऐज्या स्टक १ वटा, लसुनको पेस्ट १० ग्राम, टमाटरको पेस्ट १० ग्राम, पापरिका १० ग्राम, सोथे गरिएको सिमी तथा क्याप्सिकन १० ग्राम, तेलमा प्याज, लसुन, मटर तथा सिमी राखेर पकाइएको सामग्री २० ग्राम, ताइचिनको चामल ५० ग्राम, सी फुड ४० ग्राम ।

विधि : प्यान तताएर चिकेन फ्राई गर्ने । त्यसमा लसुनको पेस्ट फ्राई गरी टमाटर पेस्ट, पापरिका तथा सोथे गरिएको भेज हालेर एकछिन पकाउने । त्यसमा प्याज, लसुन तथा सिमी राख्ने । केही बेर चलाएर भिजाइएको चामल हाल्ने । त्यसमा स्टक अनि उमालिएको सी फुड हालिदिने । अब चिकेन हाली छोपेर पकाउने । सी फुड बोइल गरेको पानीमै पकाउनुपर्छ । यसलाई पकाइएको भाँडामै सर्भ गर्ने ।

चिकेन पिन्चो

सामग्री : रेक्ट्यांगल आकारमा काटिएको कुखुराको मासुको ६ वटा टुक्रा, रोजमेरी पाउडर २ ग्राम, पापरिका (पिरो नहुने रातो खुर्सानीको धूलो रंगका लागि) ५ ग्राम, नुन स्वादअनुसार, ओलिभ ओयल १ टेबुल चम्चा, कागतीको रस ५ ग्राम ।

विधि : कुखुराको मासुमा पापरिका, रोजमेरी, नुन तथा कागतीको रस मिक्स गर्ने । मिक्स चिकेनलाई टुथ पिकमा राखेर तावामा दुवै साइड पाक्ने गरी सेक्ने । यसरी सजिलैसँग स्वादिलो स्न्याक्सका रूपमा तयार गर्न सकिन्छ ।

 Image