Successfully Copied

मिस ग्राण्ड इन्टरनेसनलमा उरुषा

गत अगष्ट महिनामा आर.के. इन्टरटेन्मेन्ट ग्रुपले आयोजना गरेको ‘मिस ग्राण्ड नेपाल २०१८’ प्रतियोगितामा शीर्ष उपाधि जितेपछि उरुषालाई ‘मिस ग्राण्ड इन्टरनेसनल २०१८’मा नेपालको तर्फबाट सहभागिता जनाउने अवसर प्राप्त भएको हो ।

भोलिबाट म्यानमारमा सञ्चालन हुने ‘मिस ग्राण्ड इन्टरनेसनल २०१८’मा उरुषा जोशीले नेपालका तर्फबाट सहभागीता जनाउने छिन् । अक्टोबर २५ सम्म चल्ने उक्त प्रतियोगीतामा सहभागी हुन जोशी भोली नै त्यसतर्फ प्रस्थान गर्दै छिन् ।

गत अगष्ट महिनामा आर.के. इन्टरटेन्मेन्ट ग्रुपले आयोजना गरेको ‘मिस ग्राण्ड नेपाल २०१८’ प्रतियोगितामा शीर्ष उपाधि जितेपछि उरुषालाई ‘मिस ग्राण्ड इन्टरनेसनल २०१८’मा नेपालको तर्फबाट सहभागिता जनाउने अवसर प्राप्त भएको हो ।

मोडलिङ, कोरियोग्राफी, संचारकर्म तथा उद्घोषण विधामा सक्रिय रहँदै आएकी उरुषाले यस अघि मिस नेपाल कल्चर २०१६ को उपाधि जितेकी थिइन् । हिंसा र युद्ध विरुद्धको अभियानको रुपमा थालनी गरिएको मिस ग्राण्ड इन्टरनेसनल प्रतियोगिताको यो छैठौँ संस्करण हो ।

 Image