Successfully Copied

स्पा

स्पाअन्तर्गत स्वास्थ्य तथा सौन्दर्यसम्बन्धी सेवा उपलब्ध गराइन्छ । विभिन्न किसिमका मसाज, शिरोधारा, स्टिम, साउना, ज्याकुजी, मेनिक्योर, पेडिक्योर, विविध प्रकारका थेरापी, अकुपञ्चर, अकुप्रेसर आदि थुप्रै कुरा यसअन्तर्गत आउँछन् ।

स्पा भनेको के हो ?

 

यो ल्याटिन शब्दको अर्थ ‘ट्रिटमेन्ट थु्र वाटर–अर्थात्–पानीको माध्यमद्वारा गरिने उपचार पद्धति हो । सफा एवं प्राकृतिक वातावरणमा मीठो धुन सुन्दै तथा सुगन्धित वासनासँगै लिइने सेवा नै स्पा हो ।

यसभित्र के–के पर्छन् ?

स्पाअन्तर्गत स्वास्थ्य तथा सौन्दर्यसम्बन्धी सेवा उपलब्ध गराइन्छ । विभिन्न किसिमका मसाज, शिरोधारा, स्टिम, साउना, ज्याकुजी, मेनिक्योर, पेडिक्योर, विविध प्रकारका थेरापी, अकुपञ्चर, अकुप्रेसर आदि थुप्रै कुरा यसअन्तर्गत आउँछन् ।

 

स्पाका फाइदा के–कस्ता छन् ?

अमेरिकातिर यसलाई वैकल्पिक स्वास्थ्यका रूपमा लिएर सरकारद्वारा नै यसका लागि इन्स्योरेन्सको व्यवस्था हुँदो रहेछ । यद्यपि हामी अहिलेसम्म यसको प्रमोसनकै क्रममा छौं । यो हेल्थ प्रमोसन प्रिभेन्सनको मुख्य पद्धति हो । यसले रोग लाग्नबाट जोगाउनुका साथै लागेको रोग निको पार्न सहयोग पुर्‍याउँछ । त्यसका अतिरिक्त स्वस्थ जीवनचर्यामा यसको महत्वपूर्ण भूमिका हुन्छ । आजका व्यस्त मानिसलाई स्वच्छ तथा तरोताजा रहन सहयोग गर्छ ।

                                              - प्रबन्ध–निर्देशक ट्रयांक्युलिटी स्पा

 Image