Successfully Copied

स्वस्थ खानाबाट पनि एसिडिटी ?

कुनै–कुनै खानाले हाम्रो शरीरमा ग्याँस अर्थात् एसिडिटी उत्पन्न गर्नसक्छ । खाना हेल्दी भए पनि यस्तो समस्या देखापर्न सक्छ । स्वस्थ खानाबाट पनि एसिडिटीको समस्या हुने भएकाले खाना बनाउने तरिकामा केही परिवर्तन ल्याउन सके यस्तो समस्या हटाउन सकिन्छ ।

कुनै–कुनै खानाले हाम्रो शरीरमा ग्याँस अर्थात् एसिडिटी उत्पन्न गर्नसक्छ । खाना हेल्दी भए पनि यस्तो समस्या देखापर्न सक्छ । स्वस्थ खानाबाट पनि एसिडिटीको समस्या हुने भएकाले खाना बनाउने तरिकामा केही परिवर्तन ल्याउन सके यस्तो समस्या हटाउन सकिन्छ ।

सिमी : (राजमा) प्रोटिनले भरिपूर्ण सिमी फाइदाजनक छ । सिमी फाइबर तथा एन्टी अक्सिडेन्टले भरिपूर्ण हुन्छ । सिमी हरेक व्यक्तिका लागि त्यति नै उपयोगी हुनुका साथै लिबरका बिरामीका लागि पनि फाइदाजनक छ । यद्यपि कतिपयलाई सिमी खाँदा एसिडिटीको समस्या उत्पन्न हुनसक्छ । यस्तो समस्या भए सिमीलाई पकाउनुअघि रातभरि पानीमा भिजाउनुपर्छ । यसले गर्दा राजमा सजिलै पचाउन सकिन्छ र एसिडिटी पनि हुन दिँदैन ।

ब्रोकाउली : भिटामिन्स, मिनरल्स, आइरन आदिले भरिपूर्ण ब्रोकाउली निकै हेल्दी तरकारी हो । कतिपय समयमा ब्रोकाउली खाँदा पनि एसिडिटीको समस्या देखापर्न सक्छ । एसिडिटीको समस्या छ भने ब्रोकाउलीलाई सलादका रूपमा खानुहँुदैन । राम्रोसँग पकाएर वा उसिनेर मात्र खानुपर्छ ।

काउली : काउली पनि पौष्टिक तत्व प्राप्त हुने तरकारीमध्ये एक हो तर काउलीले एसिडिटीको समस्या निम्त्याउन सक्छ । काउली निकै नरम भए पनि त्यसको डाँठ भने कडा हुन्छ । डाँठलाई राम्रोसँग नपकाउँदा एसिडिटीको समस्या सिर्जना हुनसक्छ । त्यसैले काउली पकाउनुअघि राम्रोसँग फ्राई गर्नुपर्छ । यदि पराठामा काउली मिसाउनु छ भने उसिनेर मात्र मिसाउनुपर्छ ।

लसुन र प्याज : वैज्ञानिक हिसाबले मानिसहरू प्याज र लसुनको सेवन फाइदाजनक छ भनेर बढी सेवन गर्छन् । यसले क्यान्सरको जोखिम पनि कम गर्छ । क्यान्सर भएपछि प्याज तथा लसुनको सेवन बढाउन सुझाव दिइन्छ । लसुन र प्याज जति फाइदाजनक भए पनि धेरैका लागि यो एसिडिटी बढाउने कारण पनि हो । यदि एसिडिटीको समस्या छ भने प्याज र लसुनलाई तरकारी वा दालसँग पकाएर वा झानेर खानुपर्छ ।

दूध : बिहान ब्रेकफास्टसँग दूध पिउँदा एसिडिटीको समस्या उत्पन्न हुन्छ भन्ने मानिन्छ । क्याल्सियमले भरिपूर्ण एक गिलास दूध धेरै नै फाइदाजनक हुन्छ । एसिडिटी छ भने दूध छोड्नुभन्दा अरु नै उपाय अवलम्वन गर्नु लाभप्रद हुन्छ । एसिडिटी भएका मानिसले खाली दूध मात्र नपिउने । दूधमा बेसार, अदुवा र थोरै चिनी वा मह हालेर पिउन सक्छन् । यसरी पिउँदा दूधको पूरा पोषण मिल्छ र एसिडिटी पनि उत्पन्न हुन पाउँदैन ।

फलफूल : स्वास्थ्यका लागि एकदमै उपयोगी फलफूलहरू पनि एसिडिटी बनाउनमा अग्रपंक्तिमा रहन्छन् । केही फलफूलमा सुगरको मात्रा बढी भएका कारण यस्तो समस्या सिर्जना हुन्छ । स्याउ, अंगुर आदिमा सार्बिटोल नामक सुगर पाइन्छ जसले एसिडिटी बढाउँछ ।

पानी : धेरैले पानी हरेक तरिकाले फाइदाजनक छ भन्ने सोचेका हुन्छन् । धेरै पानी पिउँदा बिरामी निको हुने र स्किन पनि राम्रो हुने धारणा छ तर एकैपटक धेरै पानी पिउँदा एसिडिटीको समस्या उत्पन्न हुनसक्छ । यस्तो समस्या भएकाहरूले पूरै बोतल पानी एकैपटक पिउनु हुँदैन, थोरै–थोरै गरेर बिस्तारै पिउनुपर्छ ।

दाल : प्रोटिनले भरिपूर्ण दालले स्वास्थ्यलाई दुरुस्त राख्न सहयोग गर्छ । बिरामी हुँदा पनि डाक्टरले दाल, भात एवं रोटी खाने सल्लाह दिन्छन् । यति मात्र होइन गर्भावस्थामा महिलालाई दालको सेवन बढाउने सल्लाह दिइन्छ । यद्यपि दालले पनि एसिडिटी बढाउन सक्छ । पकाउनुभन्दा केही समयअघि पानीमा भिजाउँदा दालको एसिडिटी बढाउने समस्या कम हुन्छ ।

 Image