Successfully Copied

मुख गन्हाउने समस्या र समाधान

दाँतले खानेकुरालाई टुक्रा–टुक्रा पार्दा दाँतबीचको चेप–चेपमा गएर खानेकुरा अड्किन्छ र त्यसलाई समयमै निकाल्न सकिएन भने हाम्रो भान्साको फोहोर जसरी नै (कुहियर ) गन्ध फ्याँक्न थाल्छ अनि त्यही गन्ध मुखको ओडारबाट बहिर श्वास–प्रश्वाससँगै बहिर निस्कन्छ अनि वरिपरिका सबैलाई गन्हाउन थाल्छ ।

मुख गन्हाउने अधिकांश समस्या मुख, गिंजा र दाँतकै समस्याबाट सिर्जित हुन्छन् ।

१. हामीले खाएका खानेकुरालाई दाँतले टुक्रा–टुक्रा पार्छ, जिब्रोले पन्यूले जसरी चलाउँछ अनि र्‍यालले मुलायम बनएर निल्न सहयोग गर्छ ।

दाँतले त्यसरी खानेकुरालाई टुक्रा–टुक्रा पार्दा दाँतबीचको चेप–चेपमा गएर खानेकुरा अड्किन्छ र त्यसलाई समयमै निकाल्न सकिएन भने हाम्रो भान्साको फोहोर जसरी नै (कुहियर ) गन्ध फ्याँक्न थाल्छ अनि त्यही गन्ध मुखको ओडारबाट बहिर श्वास–प्रश्वाससँगै बहिर निस्कन्छ अनि वरिपरिका सबैलाई गन्हाउन थाल्छ ।

२. जिब्रोले खानेकुरा चलाउने क्रममा धेरथोर जिब्रोमा पनि पातलो तह फोहोरले ढाकेको हुन्छ । त्यो फोहोर मुखभित्रै केही समयपछि कुहिएर गन्ध निस्कन थाल्छ् ।

३. बंगारातिरको दुई दाँतबीचमा ठुलो चेप छ भने पनि त्यहाँ खाना अड्किन्छ, कुहिन्छ अनि गन्हाउँछ ।

४. कुनै–कुनै दाँत कीराले खाएर ठूलो ढाँड बनिसकेका हुन्छन् । त्यो ढाँडमा नजानिँदो पाराले अड्किएका खानेकुरा लामो समयसम्म बसेर गन्ध निकाल्न मद्दत गरिरहेको हुन्छ ।

५. खैनी, चुरोट आदिको आदतका कारणले पनि मुख गन्हाउन सक्छ ।

६. कतिपय खानेकुरा आफंै पनि श्वास गन्हाउन मद्दत गर्ने खालका हुन्छन्, जस्तै— लसुन, प्याज ।

७. मुख सुख्खा हुने कुनै रोग हुँदा पनि प्रशस्त मात्रामा तरल पदार्थले बगाउनुपर्ने फोहोर बग्न पाउँदैन अनि मुख गन्हाउन सक्छ ।

८. नक्कली दाँत लगाएका व्यक्तिहरूले नियमित सरसफाइ नगर्दा पनि अड्किएको फोहोर कुहिएर मुख गन्हाउन सक्छ । दाँतमा ब्रेसेस वा तार लगाएका व्यक्तिमा पनि फोहोर अड्किएर मुख गन्हाउन सक्छ ।

समाधान

१. दाँतमा लेउ लाग्न र फोहोर टाँसिन नदिन नियमित ब्रस गर्ने, दिनमा दुई पटक (खाना खाइसकेपछि) ।

२. नियमति मुख खोकल्ने वा कुल्ला गर्ने ।

३. मुखलाई नियमित रसिलो राख्ने, सुख्खा हुन नदिने ।

४. दुई दाँतबीचको चेपमा रहेका फोहोर निकाल्न डेन्टल फ्लस ( एक प्रकारको धागो) नियमित प्रयोग गरी दुई दाँतबीचमा फोहोर अड्किन नदिने ।

५. दुई दाँतको बीचमा अलि ठूलो ग्याप छ भने इन्टर्डेन्टल ब्रसले बाहिर भित्र गरेर फोहोर बस्न नदिने ।

६. कुल्ला गर्ने झोल पनि छोटो समयका लागि प्रयोग गर्न सकिन्छ ।

७. जिब्रीको सहयोगले जिब्रोमा फोहोर जम्न नदिने ।

८. मुख गन्हाउन सहयोग गर्ने सुर्ती इत्यादि छोड्ने ।

९. नक्कली दाँत (डेन्चर) राम्रोसँग नियमित सफा गर्ने ।

                                                                    - जनरल डेन्टल प्राक्टिसनर

 Image