Successfully Copied

टिएजरका लागि डिजाइन

यसपालीको तीजमा यो पुस्ताले लेहेंगामा इम्ब्रोइडरी सर्ट, प्लेन सिल्क सर्टमा हेबी मालाहरू प्रयोग गर्ने देखिन्छ । यो युट्युबको पुस्ताले धोती सुरुवालमा क्याजुअल टप्स तथा ग्रन्च जिन्समा एंकल लेन्थ कुर्तीहरू पनि रुचाएको छ । यो उमेरकाहरू रातो, हरियो, पहेंलोभन्दा पिच, सफ्ट पिंक, रोयल ब्लु,

टिनएजरहरू स्मार्ट देखिँदै सबैको नजरमा पर्न चाहन्छन् । पहिलेजस्तो तीज आयो अब लेहेंगा चोली लगाउँछु, भरेको कुर्ता बनाउँछु भन्ने टिनएजरहरू निकै कम छन् । अरु बेला क्याजुअल वेयरमा हिँड्न रुचाउने यो पुस्ता फेस्टिभ लुक्सका लागि कुनै पनि पहिरनलाई मोडिफाइ गरेर नयाँ लुक्स क्रिएट गर्न चाहन्छ । अहिले लेहेंगामा सर्ट डिजाइन गराई न्यू लुक्स दिन चाहनेहरू बढी छन् ।

यसपालीको तीजमा यो पुस्ताले लेहेंगामा इम्ब्रोइडरी सर्ट, प्लेन सिल्क सर्टमा हेबी मालाहरू प्रयोग गर्ने देखिन्छ । यो युट्युबको पुस्ताले धोती सुरुवालमा क्याजुअल टप्स तथा ग्रन्च जिन्समा एंकल लेन्थ कुर्तीहरू पनि रुचाएको छ । यो उमेरकाहरू रातो, हरियो, पहेंलोभन्दा पिच, सफ्ट पिंक, रोयल ब्लु, लाइट अरेञ्ज, गोल्डेन, रानी तथा नियोन कलर बढी रुचाउँछन् । कन्ट्रास कलर टिनएजरहरूलाई राम्रोसँग खुल्छ । टिनएजरहरूका लागि कोट स्टाइलको ब्लाउजमा लेहेंगा पनि उपलब्ध छ । कुर्ता–सुरुवालमा आउटर भएको अनारकल्ली, चोली भएको अनारकल्ली, लेहेंगा स्टाइलको अनारकल्ली आदि प्रचलनमा छन् । यो तीजका लागि पटियाला तथा प्लाजो कुर्ता पनि टिनएजरहरूद्वारा रुचाइएका डिजाइन हुन् ।

यो उमेरकाहरूका लागि नेट, जर्जेट, सिफन, तास, क्रेप सिल्क आदि फेब्रिक उपयुक्त हुन्छन् । अहिले फेसनमा रहेको हल्का फेब्रिकको म्याक्सी पनि आकर्षक देखिन्छ । बढ्दो उमेरका किशोरीहरूलाई जस्तो पहिरन पनि त्यत्तिकै सुहाउँछ तर चाडपर्वमा फरक लुक्स दिन भने स्किन कम्प्लेक्सन, शरीरको बनावट एवं उचाइअनुसार डिजाइन निर्धारण गर्नुपर्छ ।

                                                                         - कायरा बुटिक, कमलपोखरी

 Image