अहिलेको आर्थिक मन्दीले जताततै असर
महिलाले घरपरिवार, समाज र व्यावसाय दुवै हेर्नुपर्ने र सन्तुलनमा राख्नुपर्ने भएकाले सहज छैन तर यसका बावजुद पनि अवसर नभएका होइनन् । आत्मनिर्भर हुन, एक्सपोजर पाउन, विदेशी संस्कृतिबारे थाहा पाउन यसले सघाएको पनि छ ।
नेप्लीज फेसन होमले आयोजना गर्न लागेको बालिका तथा किशोरीहरुको सौन्दर्य तथा प्रतिभा प्रदर्शन गर्ने प्रतियोगिता ‘किड क्विन नेपाल–२०१८’ का प्रतिस्पर्धिहरु ट्यालेन्ट शोमा सहभागि भएका छन् ।
गत साता बागबजारस्थित हेल्लो क्याफेमा आयोजित ट्यालेन्ट शोमा १८ जना प्रतिस्पर्धिहरुले आ–आफ्नो प्रतिभा प्रदर्शन गरेका हुन् । प्रतियोगितामा सहभागि काठमाडौंका विभिन्न विद्यालयमा अध्ययनरत बालिका तथा किशोरीहरुमध्ये अधिकांशले ट्यालेन्ट शोमा नृत्य प्रदर्शन गरे ।
त्यसक्रममा ओजस्वी महर्जन, वृक्षा गुरुङ, जेनिशा तामाङ, नसाना महर्जन, अपेक्षा शेरचन, आयुष्मा सिम्खडा, डोल्मा छिरिङ गुरुङ, आयाछुश्री श्रेष्ठ, इशा श्रेष्ठ, दिया नापित, इशा श्रेष्ठ, स्वेना श्रेष्ठ तथा एञ्जेल खत्रीले नृत्य प्रस्तुत गरेका थिए । प्रतिस्पर्धि सम्बृद्धि श्रेष्ठले चित्रकलामार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेकी थिइन् भने प्रिया श्रेष्ठले गायन कला प्रस्तुत गरेकी थिइन् । अनुभूति गिरीले पियानो वादन गरेर प्रतिभा प्रदर्शन गरेको उक्त कायृक्रममा लूमिला जोशीले अभिनय गरेकी थिइन् ।
फोटोग्राफर शिवलाल श्रेष्ठ, उद्यमी उज्वल कृष्ण श्रेष्ठ, अञ्जु श्रष्ठ, रेडियोकर्मी चन्द्रमणि गौतम, मोडलहरु सरिशा श्रेष्ठ, सृष्टि शाक्य, खेलकर्मी अशोक श्रेष्ठ, बैंकर प्रविणा रावल आदिले ट्यालेन्ट शोमा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
१५ औं संस्करणको किड क्विन नेपाल–२०१८ को ग्रान्ड फिनाले भदौ १६ गते शनिवार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा सम्पन्न हुनेछ ।